Logo
२३ बैशाख २०८१, आईतबार
(November 19, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘हो, निधीजीले धेरै काम गरेका छन्, मधेशीलाई गोली हानेर ढाल्न लगाएका छन्’

मंसिर १० र २१ गते हुन लागिएको प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा सबैभन्दा रोचक भनिएको मध्ये एक धनुषा क्षेत्र नम्बर ३ को चुनावी परिणाम के आउने हो तयसबारे चौतर्फी चर्चाको बिषय बनेको छ । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधी र राजपा नेपालका नेता राजेन्द्र महतोबिच कडा प्रतिस्पर्धा हुने देखिएको छ । यसै विषयमा एक उम्मेदवार राजपा नेता राजेन्द्र महतोसँग गरिएको कुराकानीको सम्पादित अंश :

तपाईले निर्वाचन लड्नका लागि धनुषा क्षेत्र नम्बर ३ किन रोज्नुभयो ? धनुषा ३ मै जानुपर्ने कारण के ?
हामीले यो निर्वाचनलाईसमेत आन्दोलनकै रुपमा लिएका छौँ । धनुषा भनेको आन्दोदनको केन्द्रविन्दु हो । मधेशकै केन्द्र भनेको धनुषा हो । मधेश र मिथिलाको आत्मा हो धनुषा । यो निर्वाचनलाई आन्दोलनको रुपमा प्रयोग गर्ने भनेर पार्टीले गरेको निर्णय अनुसार म धनुषा क्षेत्र नम्बर ३ बाट चुनाव लडेको हुँ ।

३ नम्बर क्षेत्र भनेको जनकपुरसमेत हो । यही क्षेत्रबाट नै मधेशको सन्देश जान्छ । विगतका आन्दोलनमा जुन दमन र हत्या भयो, त्यसको केन्द्र यही क्षेत्र हो । मधेशको भोट लिएर मधेशीलाई नै समाप्त गर्ने नेताहरु विगतमा यही क्षेत्रबाट प्रतिनिधित्व गरेका थिए । मधेशी जनताको भोटको दुरुपयोग गर्ने काम विगतमा यही क्षेत्रका प्रतिनिधिले गरेकाले यसपटक त्यसलाई तोड्नका लागि म उम्मेदवार बनेको हुँ ।

यस क्षेत्रबाट चुनाव जित्नुभएका कांग्रेका नेता विमलेन्द्र निधीले त मधेशी जनताको हितमा काम गर्ने नेता मै हूँ भनेर दाबी गर्नुभएको छ नि ?
कांग्रेस पार्टीभित्र मधेशको ठेक्का लिने, मधेशीको भोट पनि लिने अनि मधेशको विरुद्धमा नै प्रयोग गर्ने काम विमलेन्द्र निधीले नै गरेका छन् । संविधान निर्माणमा हस्ताक्षर गर्ने र गराउने पनि उहाँ नै हो । मधेशीले संविधानमा अधिकार नपाउनुमा निधीकै भूमिका छ ।

मधेशी जनताको हितमा काम गरेको दाबी निधीले गर्नुभएको छ । तपाईले आरोप लगाएर मात्र हुन्छ र?
मधेशी जनतामाथि गोली चलाइयो । हो निधीले धेरै काम गर्नुभएको छ । ६ जना मधेशी जनतालाई गोली हानेर एकै ठाउँमा ढाल्न काम उहाँले नै गर्नुभएको हो । मेचीदेखि महाकालीसम्म दर्जनौँ मधेशीका सन्तानलाई सहीद बनाइएको छ । मधेशीले प्राप्त गरेको अधिकार पनि खोसिएको छ । यो सब काम निधीले गर्नुभएको हो ।

तपाई सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ मा जाने कुरा थियो ?
म किन सर्लाही जाने रु हाम्रो लडाई त सर्लाहीमा मात्रै होइन नि । हामी त मेचीदेखि महाकालीसम्मका मधेशी जनताका लागि हो । जहाँ मधेशीलाई धेरै अत्याचार गरिन्छ, त्यहाँ लडाई केन्द्रित हुन्छ । मधेशीको मत लिएर मधेशीकै अधिकार खोस्ने नेतामाथि प्रहार गर्नका लागि म धनुषा क्षेत्र नम्बर ३ बाट चुनाव लड्न लागेको हुँ ।

विमलेन्द्र निधीलाई जित्न सक्नुहुन्छ ?

जनतासँग शक्तिशाली व्यालेट छ । अब त मधेश आन्दोलनमा लागेका जनता छन् । ज्यानको बाजी लगाएर आन्दोलनमा लागेका जनता छन् । त्यही आन्दोलनमा जनता कसले मारेको हो भन्ने कुरा जनतालाई राम्रोसँग थाहा छ ।

मधेश आन्दोलनमा विमलेन्द्र निधीको भूमिका थिएन ?
गोली ठोक्ने भूमिका त थियो नि । हाम्रो भूमिका गोली खाने थियो । उहाँको भूमिका त गोली ठोक्ने थियो । भूमिका त निर्वाह गरेकै हो नि ।

निधीले त मधेशीको अधिकार सुनिश्चित गर्नुपर्छ भनेर संघर्ष त गर्नुभएको छ नि ?

उहाँले मधेशीका नाममा जेजे काम गर्नुभयो, त्यसको हिसाब किताब लिने बेला आएको छ । उहाँको हातमा बुलेट हुँदा जनतामाथि गोलि प्रहार गरिएको छ । त्यसैले यसपटक जनताले आन्दोलनको पक्षमा मतदान गर्नेछन् ।

विमलेन्द्र निधी र राजेन्द्र महतोबिचमा व्यक्तिगत रिसिइवी छ र?
व्यक्तिगत रिसिबीको सवाल छैन । मधेशी जनताको अधिकार खोस्ने, गोली ठोक्ने र मधेशीको विरुद्धमा संविधान बनाउने त निधी नै हुन् नि । यस्ता मधेशविरोधी काम गर्नेमाथि पहिलो प्रहार गर्नुपर्छ ।

निधीले त संविधान संशोधन गरेर मधेशीको अधिकार सुनिश्चित गर्नुपर्छ भनेर संविधान संशोधनको प्रयास गर्नुभएको होइन र?
प्रधानमन्त्री बन्नका लागि ३ सय ८८ भोट ल्याउन सक्नेले संविधान संशोधन गर्नका लागि किन ल्याउन सकेन रु अहिले जनताको आँखामा छारो हाल्ने काम गरेर हुँदैन ।

कांग्रेसले महन्थ ठाकुरलाई चाँही समर्थन ग¥यो । तपाईलाई किन गरेन ?

यो कुरा मलाई केही थाहा छैन । लोकतान्त्रिक गठबन्धनको कुरा भयो, काम भएन । लोकतान्त्रिक गठबन्धन बन्न नसक्नु पनि विमलेन्द्र निधीको दोष छ । अहिले कसले कसलाई समर्थन ग¥यो, त्यो आफ्नो ठाउँमा छ ।

प्रकाशित मिति: Nov 7, 2017

प्रतिक्रिया दिनुहोस्