Logo
२३ बैशाख २०८१, आईतबार
(November 5, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्राप्त उपलब्धीलाई अक्षुण बनाइराख्न सुनसरीका जनता एक जुट

कयौं वीर सहिदहरुको वीरता र नेपाली जनताको पटक पटकको जनसंघर्षपछि प्राप्त लोकतान्त्रलाई रक्षा गर्नू बिकल्प अवश्यपनि छैन । त्यसो त यत्तिबेला सिंगो देशकै जनता प्राप्त उपलब्धीलाई अक्षुण बनाइराख्न निकै
तत्कापर रहेका देखिन्छन् ।

टोमराज मेहता

प्रसङ्ग सुनसरीबाट गर्न चाहेका छौ यहाँका जनता यतिबेला लोकतन्त्र रक्षाका लागि एक जुट हुन थालेको पाइएको छ । एमाले र माओवादीले वामगठबन्धन गरेपछि अहिले सुनसरीमा आमजनताहरु वामगठबन्धन भन्दा बढी लोकतन्त्र रक्षाको लागि वकालत गर्ने पार्टीलाई सघाउने तम्तयार रहेका पाइन्छन् ।

सुनसरीका सर्वसाधारणहरुले वामपन्थीहरूको गठबन्धन भन्दा पनि नेपाली काङ्ग्रेसका उम्मेदवारहरुलाई सहयोग गरि प्रतिनिधि र प्रदेश सभामा जिताउने एक किसिमको मनसाय बनाएको पाइएको छ । प्रतिनिधि र प्रदेश सभाका लागि सुनसरीमा बिहीबार केन्द्रिय नेता देखि लिएर स्थानीय नेताहरुले उत्साहपुर्ण तरिकाबाट मनोनयन दर्ता गराएका छन ।

नेपाली काङ्ग्रेसमा पुराना नेता तथा कार्यकर्ताहरु फर्किएर आएपछि अहिले सुनसरीमा एमाले र माओवादीको गठबनधनले काङ्ग्रेसलाई खासै कुनै प्रभाव नपर्ने बिश्लेषकहरुको भनाई छ । मनोनयन दर्ता गरेपछि अहिले विभिन्न पार्टीका उम्मेदवारवारहरु चुनावी प्रचार प्रसारमा जुटेका छन । सुनसरीमा वामपन्थी र लोकतान्त्रिक गठवन्धन बिच कडा प्रतिस्पर्धा हुने पक्का पक्की भएको छ ।

सुनसरीमा माओवादीको बलियो संगठन नभएकोले एमालेलाई माओवादीको मतले राहत मिल्ने छन । २०७० सालको सविधानसभाको निर्वाचनमा एमाले सुनसरीमा ३ निर्वाचन क्षेत्रमा बिजयी हासिल गरेका थिए भने निर्वाचन क्षेत्र नम्बर ३ मा मधेशी जनअधिकार फोरम नेपाल लोकतान्त्रिकका केन्द्रिय अध्यक्ष बिजय कुमार गच्छदार , ४ मा काङ्ग्रेसका सिताराम मेहता, ५ मा मधेसी जनअधिकार फोरमका केन्द्रिय अध्यक्ष उपेन्द्र यादवले बिजियी प्राप्त गरेका थिए ।

सुनसरीका काङ्ग्रेस सुनसरीका सभापति राजिव कोइराला लगायतको टिम वर्कले पार्टी भित्र सुदृढीकरण गरि नेता तथा कार्यकर्ताहरुलाइ प्रशिक्षण दिई कमि कमजोरीलाई सुधार गर्दै पार्टीलाई बलियो बनाई दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा नगरपालिका देखि गाउँपालिका सम्म वर्चस्व राख्न सफल भएकोले प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा पनि वामपन्थीहरुलाई टक्कर दिई आफ्ना उम्मेदवारहरुलाइ बिजयी बनाउने सफल हुने काङ्ग्रेसी नेता तथा कार्यकर्ताहरु भनाई रहेको छ ।

प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा तत्कालीन फोरम नेपाल लोकतान्त्रिकका केन्द्रिय अध्यक्ष काङ्ग्रेसमा प्रवेश गरि काङ्ग्रेसबाट सुनसरी निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यमा मनोनयन दर्ता गरि चुनावी माहोलमा होमिएकोले काङ्ग्रेस थप मजबुत भएको र संघीय समाजवादी फोरम नेपालका केन्द्रिय अध्यक्ष उपेन्द्र यादव यश पाली सुनसरी छाडि सप्तरीबाट चुनाव लडेकोले काङ्ग्रेसलाई झन जित हासिल गर्न सजिलो भएको बुझिएको छ ।

पहिलेको निर्वाचन क्षेत्र जस्तो यसपालि नभएकोले सबै दलहरुलाई जित हासिल गर्न हम्बेहम्बे भएको छ । स्थानीय तहको पुनः संरचनाले सुनसरीको निर्वाचन क्षेत्रलाई काटकुट पारेर छिसमिसे बनाएकोले सबै दललाई टाउको दुखाइको बिषय बनेको छ । सुनसरीको प्रतिनिधि सभाको निर्वाचन क्षेत्र ४ वटा र प्रदेश सभाको ८ वटा गरि जम्म १२ सिटमा ७० प्रतिशत भन्दा बढीमा काङ्ग्रेसले जित हासिल गर्ने आकलन गरिएको छ भने बाकिमा वामगठवन्धनबाट लगायतका मधेस वादीदलहरुबाट जितने अनुमान छ ।

नेपाली काङ्ग्रेसले टिकट वितरण गर्दा सबै क्षेत्र जाति समुदायलाई मध्यनजर गर्दै पकड भएका र जनताको लागि काम गर्ने प्रजातान्त्रिक योद्धाहरुलाई दिएकोले जनतामा एक किसिमको उत्साह आएको छ । सुनसरीमा नेपाली काङ्ग्रेसले यश निर्वाचन बाट आफ्नो लाल किल्ला गाढन सफल हुने आमजनताको बिशवाश रहेकोले लोकतन्त्र रक्षाको लागि जनताहरु एक जुट भएको पाईएकोले काङ्ग्रेसका उम्मेदवारहरुमा पनि उत्साह थपिएको छ ।

मुलुकमा स्थायी शान्ति र आर्थिक समृद्धिका निम्ति , राजनीति सिथरता विकासको लागि, लोकतान्त्रिक र गणतन्त्रको संस्थागत विकासको लागी, संघीयतालाई स्थापित गर्नको लागि, मुस्लिम , आदिवासी ,थारु, जनजाती ,दलित ,मधेसी र पछाडि पारिएको वर्गको उत्थानका लागि, समावेशी समाज निर्माणका लागि , संविधान कार्यान्वयनका लागि र काङ्ग्रेसले जनतालाई समृद्धिको अनुभुती दिलाउनका लागि एजेन्डा सार्वजनिक गरेपछि अहिले सुनसरीका सर्वसाधारणहरु उल्लासपुर्ण तरिकाबाट काङ्ग्रेसका उम्मेदवारहरुलाई रुख चिन्हमा मतदान गर्ने माहोल बन्दै गएकोले काङ्ग्रेसका उम्मेदवारहरुको जित सुनिश्चित भएको बुझिएको छ ।

प्रकाशित मिति: Nov 5, 2017

प्रतिक्रिया दिनुहोस्