Logo
२३ बैशाख २०८१, आईतबार
(November 1, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

हरिनगरादेखि बिराटनगरसम्मको सडक मर्मतमा किन ढिलाई ?

सुनसरी सदरमुकाम इनरुवादेखी १२ किलोमीटर दक्षिणी भेगमा हरिनगरा गाउँपालिका वाड नम्बर ४ पर्दछ । हरिनगराको बाबा बासुकिनाथ मन्दिरदेखि सिधा पुर्व जाने बाटो बिराटनगरसङ जोडिएको छ । हरिनगरा देखि सिधा बिराटनगर आवत जावत गर्न सजिलोको लागि सडक निर्माण गरेपनी सरकारले मर्मतमा ध्यान दिएको पाइएको छैन । बिराटनगरदेखि हरिनगरासम्म सिधा बाटो सन्चालन गरेको एक दशक भन्दा पनि बढी बितिसक्दा पनि सरकारले मर्मत सम्हार गरेको पाइएको छैन । सडक मर्मत सम्हार नगरेपछि अहिले सर्वसाधारणहरुलाई आवत जावत गर्न समस्या भएको हो ।

टोमराज मेहता

सरकारले सडक मर्मत गर्नु कता हो कता, हेर्न पनि आउदैनन । अहिले हरिनगरा बिराटनगर सडक खण्डमा दिनहुुँ हजारौं सर्वसाधारण लगायत ठुलो तथा साना सवारी साधनहरु आवत जावत गर्ने गरेका छन् । सो क्षेत्रको प्रमुख बाटोको रूपमा रहेको पाइएको छ । सर्वसाधारणहरु मुखमा माक्स ,रुमाल र कपडा छोपेर यात्रा गर्ने गरेको छ भने हिलो समयमा हिड्ने अवस्था नै हुदैन । धुलाम्य बाटोमा सर्वसाधारणहरुले कहिलेसम्म यात्रा गर्न बाध्य हुने प्रश्न खडा भएको छ ।

बाटो मर्मत नभएकोले ठुलो तथा सानो सवारीसाधनलाई झन गाह्रो छ सो बाटोमा आउन जानको लागि । सरकारले सो सडक खण्डलाई योजनामा पारी बजेट बिनियोजन गरेर मर्मत र कालोपत्रे गर्छु भनेको एक दशक बितिसक्दा पनि हालसम्म कुनै चासोको लिएको पाईएको छैन ।

सरकारले वास्ता नगरेको हो कि नेताहरुको पहुँच पुग्न नसकेको कुरा बुझ्न गाह्रो भएको छ । २० वर्ष पछी स्थानीय तहमा जनप्रतिनिधिहरु आएका छ्न।जनताबाट प्रत्यक्ष निर्वाचित भएर आएका जनप्रतिनिधिहरुलाई सो सडक खण्डको बारेमा कतिको चासो छ त ? भन्ने कुरा अहिले आम चासोको विषय बनेको छ । कानमा तेल हालेर सुतेका छन कि यो सडकको बारेमा प्रक्रिया पनि सुरु गरेका छ्न त ? जनगुनासो बढिरहेको बेला सो क्षेत्रका जनप्रतिनिधिहरुले पनि प्रक्रिया र बजेट बिनियोजन गरि तत्काल बाटो मर्मत तर्फ ध्यान दिई अगामी दिनमा कालोपत्रे सडक निर्माण गरि आमजनतालाई सजताको लागि काम गर्न आवश्यक छ । हरिनगराबाट सर्वसाधारणहरु साइकल, मोटरसाइकल र पैदल यात्रामा सो बाटोबाट गुज्रिन घन्टौं समय लगाएर बिराटनगर पुग्ने गरेका छन् । कारण हो सडक मर्मत र कालो पत्रे सडक नबनाउनु । खाल्डा खाल्डो सडक भएकै कारण सर्वसाधारणहरु सो बाटोमा सास्ती खेप्नुपरेको छ ।

तैपनि सरकारले सो सडकको योजना र बजेट दिन नसक्नु दु:खद कुरा हो । एक दशक भन्दा पनि बढी भएको सडकलाई मर्मत देखि लिएर कालो पत्रे सडक निर्माण सम्म लामो भाषण जनतामाझ दिई ललाइ फकाई नेताहरूले आफ्नो पार्टीमा भोट लिन सिपालु भएपनी जनताको मर्म दु:ख नबुझने तथा विकासको गतिमा भुमिका खेलेको पाईएको छैन । खासगरी अहिले हरिनगरा गाउँपालिका , देवानगन्ज गाउँपालिका, बर्जु गाउँपालिका, गढि गाउँपालिका लगायतका सर्वसाधारणहरु दिनहुुँ आवत जावत बढी गर्ने गरेको पाइएको छ । यी सबै गाउँपालिका मेयर , वडा अध्यक्ष र सदस्यहरुले पनि यो सडक निर्माणका लागि पहल गर्न अति आवश्यक देखिन्छ । आउन लागेको प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा पनि नेताहरुले जनतामाझ प्रतिवद्द्ता जनाइ पहिलो प्राथमिकतामा राखी बन्ने सरकारले काम गरोस् र जनताको बिशवासलाई कायम राख्न भुमिका निर्वाह गर्नु आवश्यक छ ।

सो सडक कालोपत्रे भएपछी बर्जु तालमा आउने पर्यटकको चाप बढ्नुको साथै आर्थिक पक्ष सबल हुनु हो । अमाहिबेल्हामा रहेको ईस्तर्न सुगर मिल्समा कृषकहरुलाई समयमा उखु ल्याउन सहज हुने , उत्पादन भएको चिनी अन्यत्र बिक्रीवितरण गर्न सहज हुने, इनरुवा लगायत अन्य ठाउहरुबाट सिधा हरिनगराबाट बिराटनगर जान सजिलो हुने , एम्बुलेन्समा बिरामी ओसारपसार गर्न सहज हुने र ठुलो तथा सानो सवारी साधन जान र आउने थालेपछि सरकारलाई कर पनि आउने भएकोले यस समस्यालाई सामाधान गर्न सबै सरोकारवाला आ-आफ्नो ठाउबाट सहयोग गर्न आवश्यक देखिन्छ ।

@बाल पत्रकार हुदै हरिनगाराबाट पत्रकारिता गर्ने मेहता पहिलो पत्रकार हुन् ।

प्रकाशित मिति: Nov 1, 2017

प्रतिक्रिया दिनुहोस्