Logo
७ जेष्ठ २०८१, सोमबार
(November 1, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राजपालाई धोखा दिदै फोेरम उम्मेदवारी सार्वजनिक : उपेन्द्र सप्तरी–२, अशोक सुनसरी–१

संघीय समाजवादी फोरम नेपालले प्रतिनिधिसभा र प्रदेश सभाका उम्मेदवारको सूची सार्वजनिक गरेको छ । राजपासँग चुनावी गठबन्धन गर्ने भनेका फोरमले २ नम्बर प्रदेश बाहेक अन्य प्रदेशमा एक्लैले उम्मेदरी घोषणा गरका छन् । यो घोषणासंगै नेपाली कांग्रेससँग पनि गठबन्धन नहुने देखिएको छ भने राजपासंग २ नम्बर प्रदेशमा मात्र गठबन्धन रहेको स्पष्ट भएको छ ।

सार्वजनिक गरिएको प्रतिनिधिसभाको ६२ जना सूचीमा अध्यक्ष उपेन्द्र यादव सप्तरी–२ बाट उठ्ने भएका छन् । बरिष्ठ नेता अशोक राई सुनसरी–१ बाट उठ्ने भएका छन् । संघीय फोरमले सार्वजनिक गरेको सूचीमा उपाध्यक्ष युवराज कार्की मोरङ–२ बाट उठदैछन् । महासचिव रामसहाय यादव बारा–२ बाट उठने पक्का भएको छ। हालै पार्टी प्रवेश गरेका विमल श्रीवास्तवलाई पर्सा–२ बाट उम्मेदवार बनाइने भएको छ। पर्सा–१ बाट प्रदिप यादव र पर्सा–२ बाट हरिनारायण रौनियारको नाम छनौट भएको छ ।

प्रदेश २ मा राष्ट्रिय जनता पार्टी र फोरम तालमेल गरेर चुनाबमा जाँदैछन् । दुई दलले मंगलबार क्षेत्र बाँडफाँड गरे लगत्तै फोरमले उम्मेदवार चयन गरेको हो । राजलाल यादव सिरहा–१, वकिल मुसलमान रुपेन्देही–५ बाट, मोहम्मद इस्तियाक राइ बाँके –३ बाट, नवलपरासी सुस्ता पुर्ववाट फूलकुमारी पुर्जालाई उम्मेदवार बनाएको छ ।

सूची हेर्नुहोस् :

प्रकाशित मिति: Nov 1, 2017

प्रतिक्रिया दिनुहोस्