Logo
२ जेष्ठ २०८१, बुधबार
(August 22, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘संसदबाट राजीनामा’ सहित भावी रणनीति तय गर्न राजपाको बैठक

काठमाण्डौ : तेस्रो चरणको निर्वाचनमा भाग लिने कि न लिने भन्ने दोधारबीच आन्दोलनरत मधेशकेन्द्रित घटक राजपाको बैठक जारी रहेको छ ।  संविधान संशोधन विधेयक असफल भएपछिको रणनीति तय गर्न राष्ट्रिय जनता पार्टी (राजपा) को बैठक सुरु भएको हो । संसदबाट राजीनामा दिएर आन्दोलनमा जानेसम्मको ऐजेण्डामा बैठक केन्द्रित रहेको श्रोतको दावी छ ।

‘संसदबाट सामुहिक राजीनामा दिएर आन्दोलनमा आउनुपर्ने सम्मको पार्टीमा दवाब रहेको छ, बैठकमा यो पनि ऐजेण्डा हो’ अध्यक्ष मण्डलका एक नेताले भने तर अहिले नै केहि कुरा खोल्न सकिन्न, बैठकमा धेरै ऐजेण्डाहरु रहेका छन् ।’

अध्यक्ष मण्डलीका अर्का नेता महेन्द्रराय यादवले बैठकमा राजनीतिक समस्यासँगै तराईमा बाढी पीडितको समस्या समेत थपिएको बताए । उनका अनुसार बैठकले निर्वाचनको रणनीतिबारे समेत पार्टीगत धारणा तय गरिने छ ।बबरमहल स्थित पार्टी कार्यालयमा सुरु भएको बैठकले चुनावमा जाने की नजानेसम्मको निर्णय गर्ने यादवले बताए ।

प्रकाशित मिति: Aug 22, 2017

प्रतिक्रिया दिनुहोस्