Logo
१ जेष्ठ २०८१, मंगलबार
(August 16, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

समाचार लेखेकै कारण धम्की र कुटाई : के NRNAको आचार संहिता ?

  

कुरो १३ अगष्ट २०१७  को हो।  पुर्व घोषित तालिका अनुसार डा. गोविन्द केसीको समर्थनमा कसरी ऐक्यबद्धता जनाउन सकिन्छ,  अनि नेपालमा आएको बाढीबाट प्रभावित भएकाहरुलाई कसरी सहयोग गर्न सकिन्छ भनेर भनेर १०-१२  जना साथीहरु अलमेदा पार्क लिस्बोन, पोर्तुगलमा जम्मा भएका थियौ।  त्यहाँ हाम्रो छलफल पश्चात् करिब ७ बजेतिर सबै आ-आफ्ना काम र घरतिर लागे।म मेरो सानो छोरा “युरेक पाण्डेय “संग “कोलोम्बो मल ” मा सपिङ्ग गर्न गए।  सपिङ्ग मलभित्र पुगेपछि एन आर एन ए पोर्तुगलका प्रवक्ता हेमराज सुबेदीले आफ्नो खुट्टाको जुत्ता फुकालेर हातले समाती म माथि बर्षीय।  उनले सिधै तथानाम गालि गर्दै ” तलाई जहाँ देख्यो, तेही मार्छु ” भन्दै धाक धम्कि दिए। सपिङ्ग मल ब्यस्त थियो, भिडभाडका मान्छेहरु अचम्मित भए।  तिनले मलाई हिर्काउदै गए , म पछि सर्दै गए किन कि मेरो साथमा हिजो मात्रै ४ बर्षको जन्मदिन मनाएको कान्छो छोरो र एउटा ठुलो झोला थियो।

मैले सुबेदीसँग बिन्ति पनि गरे – ” हेम जी, म सँग अहिले ४ बर्षको सानो बच्चा छ, कृपया एक्लै भएको बेलमा जे गरे गर्नुस वा तपाइले बोलाएको ठाउमा आउछु।  “तर उनी मेरो कुरा सुन्न मन्जुर भएनन् लगातार गालीगलौच गर्दै मलाई हिर्काउने र लछारपछार गर्ने कोशिस गरिरहे।  मान्छेहरुको भिड बढेपछि उनि त्यहाबाट अगाडी बढे। अलि अगाडी गएर रोकिएका सुबेदी म माथि  फेरी जाईलागे।  यसपटक हातमा समातेको जुत्ता लगाएर मुक्का र लातले प्रहार गर्नथाले, साथै गालीगलौच र ज्यानमार्ने धम्कि पनि।

मैले तिनलाई अनुरोध पनि गरे, म संग सानो बच्चा भएकोले यसो नगर्न। तिनको जवाफ थियो – ” त् मा ++++ लाई अब जहाँ पायो त्यहि मार्छु म , मलाई अब केहि बाल छैन।”  कुरा सिम्पल छ, तिनको नेपालीहरुलाई ठगि गर्ने , सोसियल खरिद बिक्रि गर्ने , र नेपाल बाट मान्छे युरोप ल्याउने भएर पैसा खाएको र इजिप्टको नक्कली भिसा नेपाल पठाएको मैले समाचार लेखेको थिए।  तिनका दाई श्याम सुबेदीले पनि पहिले मेरो भाईको चरित्र हत्या गरिस भन्दै मेरो काम गर्ने ठाउमा पिट्न आएका थिए , सायद त्यहि समाचार को रिस हुनुपर्छ।

ओरिपरिका मान्छेहरुको भागाभाग भयो, आज आइतबार भएकोले सपिङ्ग मल ब्यस्त पनि थियो।  मेरो छाती र कन्चटमा मुक्का पनि लाग्यो, अनि तिनले मलाई लाचारपचार पनि गरे।  जब मैले मेरो झोलामा भएको सानो क्यामेरा निकाले – त्यसपछि तिनी भागे।

आफ्नो पेशागत र सामाजिक गर्यादाले गर्दा पनि म सुबेदीले झैँ निच स्तरको गाली गर्ने र हात छोड्ने काम गर्न सक्दिन।  मैले कन्चट, छाती र पिठ्युमा पिटाई खाए , कयौ पटक लछारपछार पनि भईयो। मैले ठुलो स्वरमा कराएर सहयोग माग्दा र पुलिस भनेर गुहार माग्दै गर्दा मेरो झोलामा भएको सानो गोप्रो क्यामेरा निकाले र यतिकैमा सुबेदी फरार भएका थिए ।   यसै  क्रममा ४ बर्षको मेरो सानो छोरोलाई पनि चोट लागेको रहेछ।  त्यसपछि त्यहाँ पुलिस आए र हामीलाई थप बयानको लागि त्यही सपिङ्ग मलमा भएको पुलिस चौकीमा लगियो जहाँ हाम्रो उजुरी लेखियो।

एन आर एन ए का साथीहरुबाट भएको पहिलो घटना भने पक्कै पनि होइन, त्यस्तै प्रवक्ता हेमराज सुबेदीको ज्यादती र गुन्डागर्दीको यो पहिलो घटना होइन।  बारम्बार विभिन्न स्क्यान्डल र अपराधमा संलग्न रहने सुबेदीले यसपाली आफ्नो ज्यादतिको सिमा नै नाघे।

सुबेदीले मलाई पहिले पनि धेरै पटक मेरो यही बच्चालाई स्कुल पुर्याउदा र ल्याउदा बाटो छेक्ने र धाकधम्की दिने काम गरेका थिए।  एन आर एन ए को प्रवक्ता पदको फाइदा उठाउदै विभिन्न गैर कानुनी र अपराधिक कार्यमा संलग्न सुबेदीको बारेमा धेरै पटक समाचार मैले पनि लेखेको थिए, जस्तै पोर्तुगलमा नया आउने नेपालीहरुलाई ठगि गर्ने, सोसियलको गैर कानुनी खरिदबिक्रि गर्ने (Click Here) , नारीमाथिको मानसिक, आर्थिक तथा यौन शोसण , र पछिल्लो समयमा मानब तस्करी तथा नक्कली भिसामा संलग्नता( Artificial Visa) ।  यिनको सामाजिक संजालमा बोल्ने भाषा यति धेरै निच, घटिया र तल्लो स्तरको छ कि, कल्पना गरि साध्य छैन। यिनले सामाजिक संजालमा मेरो परिवार, श्रीमती र छोराको बारेमा लेखेको कुरा यति घटिया र अपशब्द थियो कि, पोर्तुगलको नेपाली समाजलाई भनिरहनु पर्दैन।

समाचार लेखेकै भरमा ठिक एक बर्ष पहिले यिनका दाई श्याम सुबेदी ले आफ्ना भाई प्रवक्ता हेम सुबेदीको मानहानी भएको भन्दै  र एन आर एन ए पोर्तुगलका उपाध्यक्ष सुनिल श्रेष्ठ “संगम” NRNA पोर्तुगलको आर्थिक अनियमितताको समाचार किन लेखेको भन्दै २ -२ पटक मेरो काम गर्ने ठाउमा मध्यराति आएर गालीगलौच , धाक धम्कि,  ज्यान मार्ने धम्कि र आफ्ना भरौटे गुन्डाहरु बोलाएर हातपात गर्न लगाएको घटना पोर्तुगलवासी नेपालीहरुमाझ अझै पनि ताजै छ।सुन्नुहोस यो अडियो ( Listen Audio)  अनि हेर्नुहोस यो समाचार :
News in 24

आइतबारको दिनमा भएको सांघातिक हमलामा परी चोटपटक लागेको मेरो छोरो को बाया हात सामान्य सुन्निएको थियो।  डाक्टरको बरफले सक्ने सल्लाह दिएपछि त्यसो गर्दा हात सोमबार बेलुकासम्म झनै सुन्नियो।  मंगलबारको बिहानै फेरी अस्पताल गईयो र सुन्निएको असामान्य भन्दै डाक्टरले एक्सरे गरे।  त्यसपछि हातमा समस्या देखिएपछि प्लास्टर गरियो र अब कम्तिमा २ हप्ता प्लास्टर राख्नुपर्ने भयो।  त्यो त्रासले एउटा अबोध बालकमा परेको मनोबैज्ञानिक असर र शारीरिक पीडाको जिम्मेवार कसले लिने ? अहिले मेरो ४ बर्षे छोरोले आफ्नो आमालाई बारम्बार सोधिरहेछ ” मामु , पापलाई अंकलले किन पिट्नुभएको ? ” यो प्रश्नको जवाफ के दिने हामीले अब ?

दशौ पटक गल्ती गर्दा पनि आफ्ना प्रवक्तालाई कारवाही नगर्ने एन आर एन ए पोर्तुगल र यस्ता गलत काम गर्नेलाई सधै पश्रय दिने अध्यक्ष भिम केसी ले यो घटनाको जिम्मेवारी लिनुपर्छ कि पर्दैन ? एन आर एन ए पोर्तुगललाई कहिलेसम्म गुण्डाहरुको भर्तीकेन्द्र बनाएर राख्ने ? सम्पूर्ण नेपालीहरुको साझा संगठन भएपछि सबै नेपालीहरुको पिरमार्का बुझ्नुपर्छ र सुन्नुपर्छ कि पर्दैन ? यस्तै २-४ जना व्यक्तिहरुले गर्दा नै एन आर एन ए को साख गिरेको छ, आम नेपालीको बिश्वास गुमेको छ।  एन आर एन ए आइ सी सी को यसतर्फ बेलैमा ध्यान जाओस्।

एन आर एन ए पोर्तुगल र एन आर एन ए आइ सी सी ले यो घटनाको जिम्मेवारी लिनु पर्छ कि पर्दैन ? घटना भएको ३ दिन भईसक्दा पनि एन आर एन ए पोर्तुगलले पिडितहरुसंग सम्पर्क नगर्नुले एन आर एन ए पोर्तुगल र अध्यक्ष भिम केसीको ज्यादती र बदमासी छताछुल्ल भएको छ।  एउटा आम नागरिकले युरोपजस्तो ठाउमा पनि स्वतन्त्र भएर बाच्न पाउने कि नपाउने ? अध्यक्ष भिम केसीले एन जना एन आर एन ए अभियन्तालाई मध्यरातमा फोन गरेर ” गणेश पाण्डेयलाई म कुटाउछु भनेको अडियो रेकर्ड पनि सुरक्षित छ” र त्यसलाई अदालतमा पेश गरिनेछ र ति एन आर एन ए अभियन्ता अदालतमा यो कुरा बोल्न राजि भएका छन्।  समाजसेवामा यस्तो ज्यादती र गुन्डागर्दी कहिलेसम्म ? यस्ता घटनातर्फ NRNAICC को ध्यान कहिले जाने?

कारवाही गर्नुपर्ने ठाउमा प्रवक्ता सुबेदीलाई  राजिनिमा दिन लगाएर पनि ४-५ महिनासम्म स्वीकृत नगरेर अध्यक्ष र संस्थाले  गल्तिहरु ढाकछोप गरेकै हो।  अध्यक्ष भिम केसी संग मेरो कुरा हुदा, मैले सोधेको थिए, “के हो दाई , किन स्वीकृत भएन अहिले सम्म भनेर” उनको जवाफ थियो ” ३ महिना जति भयो मिटिंग बस्न सकेको छैन, . त्यसपछि मैले ” तपाईहरु बचाऊ गर्दै हुनुहुन्छ, अब २-३ महिना छ यो कार्यसमितिको , त्यसपछि कारवाही गरेको रेकर्ड पनि नहुने, राजिनामा पनि स्वीकृत नगर्ने , अनि कार्यकाल पनि पुरा भयो होइन त? आईडिया राम्रो छ ” भन्दा मुसुक्क हासेर  “त्यस्तै भन्नु पर्यो ” भन्नु भएको थियो।  अब कि म गलत हुनुपर्छ, कि   अध्यक्ष केसी?

राजिनमा पत्रमा न दर्ता नम्बर छ, न स्वीकृत भएको कुरा उल्लेख छ, आफु बच्ने खेलको प्रपन्च रचिदैछ।   संस्थाको बचाऊ त सबैले गर्नु, तर यति बिध्न पनि नगर्नु कसैले। फेरि प्रवक्ता सुबेदीको राजिनामा  पत्रको बारेमा संस्थाले अहिले सम्म बोलेको छैन  ? यी कुरा त संस्थाको माइन्युटमा होला नि, कार्यसमितिको बैठक पनि बस्यो होला, एक जनाले मात्रै त स्वीकृत गर्दैनन  होला ? किन यो जानकारी अहिले सम्म बाहिर निकालिएन ?

बिगतमा भएका यस्तै प्रवृत्तिका गहतानाहरुको साक्षी एन आर एन युरोप संयोजक कुल आचार्य पनि हुनुहुन्छ।  यो त अब हदै भयो, एन आर एन ए अभियन्तहरुबाट नै आम सर्वसाधारण दिनदहाडै कुटिने भए।  अब कसरी एन आर एन ए लाई सामाजिक संस्था को उपमा दिनु ? कसरी यिनीहरुलाई सामाजिक वा एन आर एन ए अभियन्ता भन्नु ? अन्तमा , यी सम्पुर्ण घटनाक्रमहरुको जिम्मेवारी एन आर एन ए पोर्तुगल र NRNAICC ले लिनुपर्छ।

मेरो पोर्तुगल बसाईको यो अन्तिम न्यायिक  लडाई हुनेछ।  धेरै पटक एन आर एन संग अनुरोध पनि गरियो, तर कसैले पनि कुरा सुन्ने र बुझ्ने चेष्टा नै गरेनन्।  अब हामी कानुनको साहारा लिन बाध्य भएका छौ।  हामी सपरिवार स्वतन्त्रपुर्बक बाच्न र काम गर्न पाउने सुनिस्चितता लागि अनुरोध गर्दछौ।

प्रकाशित मिति: Aug 16, 2017

प्रतिक्रिया दिनुहोस्