Logo
२७ बैशाख २०८१, बिहीबार
(August 14, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राजपा नेपालको माग पुरा गर्न संशोधन विधेयकमा छलफल हुने

काठमाडौं : संसदमा विचाराधीन संविधान संशोधन विधेयकमाथि मंगलबारदेखि छलफल हुने भएको छ । मंगलबार बस्ने संसद बैठकमा विधेयक अघि बढाउने सरकारको तयारी छ । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले संविधान संशोधन विधेयक जसरी पनि संसदमा निर्णयार्थ पेस गर्न दबाब दिएपछि सरकार तयार भएको हो ।

मंगलबारदेखि संशोधन विधेयकमा छलफल हुने र बिहीबारसम्म संसदमा निर्णयार्थ पेस हुने आश्वासन सरकारले दिएको राजपा नेता लक्ष्मणलाल कर्णले बताए ।  उनले सांसदहरुको उपलब्धता हेरेर निर्णयार्थ पेस हुने मिति तय हुने बताए । अहिले पनि संविधान संशोधनका पक्षमा दुईतिहाइ बहुमत पुग्न कठिन छ ।

संशोधन विधेयक पारित हुन दुईतिहाइ बहुमत चाहिन्छ । विधेयकमा परेका संशोधनमाथिको छलफल सकिएपछि निर्णयार्थ पेस गरिन्छ ।  यसअघि वैशाख १७ गते संविधान संशोधन विधेयक निर्णयार्थ पेस गर्ने सरकारको तयारी रहे पनि राप्रपाका १० जान सांसद अनुपस्थित भएपछि विधेयक अघि बढेको थिएन ।

 

प्रकाशित मिति: Aug 14, 2017

प्रतिक्रिया दिनुहोस्