Logo
१२ श्रावण २०८१, शनिबार
(August 14, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आज चीनका उपप्रधानमन्त्री आउँदै : यस्तो छ भ्रमण तालिका

काठमाडौं  : चिनियाँ उपप्रधानमन्त्री वाङ याङ नेतृत्वको उच्चस्तरीय टोली तीनदिने औपचारिक भ्रमणका लागि आज साँझ नेपाल आउँदैछ । पाकिस्तानको स्वतन्त्रता दिवसमा सहभागी भएर उनी काठमाडौं आउन लागेका हुन् ।

सरकारले त्यहाँका कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य समेत रहेका चिनियाँ उपप्रधानमन्त्रीको नेपाल भ्रमण दुईपक्षीय सहयोग र सद्भाव अभिवृद्धिमा नै केन्द्रित हुने बताएको छ । । भ्रमणमा २९ सदस्यीय टोली हुनेछ ।

वाङको भ्रमण पाँच वर्षयता चीनका तर्फबाट हुन लागेको उच्चस्तरीय भ्रमण हो । सन् २०१२ को आरम्भमा प्रधानमन्त्री वेन जियावाओले पाँच घण्टे नेपाल भ्रमण गरेका थिए ।  सन् १९९६ मा जियाङ जेमिनले नेपाल भ्रमण गरेपछि चीनका राष्ट्रपतिबाट नेपाल भ्रमण नै भएको छैन ।

सन् २०१७ भित्र चिनियाँ राष्ट्रपति सी जिङपिङङको नेपाल भ्रमण हुने बताइएको थियो । राष्ट्रपति सीको भ्रमण तत्काल नहुँने भएपछि उनको विशेष दूतका रूपमा उपप्रधानमन्त्री वाङ काठमाडौं आउन लागेका हुन् । वाङ राष्ट्रपति सीको विशेष सन्देशसमेत लिएर नेपाल आउने छन् ।

भ्रमण तालिका : 

-काठमाडौं आएलगत्तै आफ्ना दूतावास अधिकारीसँग नेपाल–चीन सम्बन्ध र यहाँको पछिल्लो विकास प्रक्रियामा चीनको सहभागितालगायतका विषयमा आन्तरिक छलफल

-मंगलबार बिहान वसन्तपुर दरबार पुन निर्माणको शिलान्यास, भूकम्पले क्षतिग्रस्त उक्त नौतले दरबार पुनर्निर्माणमा चीनको अनुदान सहयोग छ

-‘पुनर्निर्माणमा चिनियाँ सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर

-मंगलवार नै उपप्रधान तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदार नेतृत्वको टोलीसँग छलफल, छलफल २०७२ चैतमा चीनसँग भएका पारवहन तथा अन्य सम्झौता कार्यान्वयन र सहयोगबारे केन्द्रित रहने

-बेल्ट एन्ड रोड इनिसिएटिभ्स बीआरआई मार्फत सहयोग गर्ने विषयमा छलफल गर्ने

-बुधबार राष्ट्रपति विद्यादेवी भण्डारी तथा प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट

-प्रमुख प्रतिपक्षी एमाले अध्यक्ष केपी ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट
-अन्य साना दलका नेता तथा मधेस केन्द्रित दलसँग राजनीतिक भेटवार्ता हुनेछ ।

-भेटघाट सकेर बुधबार नै उनी स्वदेश फर्कने छन् ।

प्रकाशित मिति: Aug 14, 2017

प्रतिक्रिया दिनुहोस्