Logo
२ जेष्ठ २०८१, बुधबार
(July 24, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

त्रिपाठीले आफना पार्टीको नममा राजपा नेपाल लेखेनन्

काठमाडौं  : राष्ट्रिय जनता पार्टी नेपालका असन्तुष्ट सहअध्यक्ष हृदेयश त्रिपाठी अझैं पार्टीको सम्पर्कमा गएका छैन । उनले पार्टी गठनदेखि लिएर विधान निर्माण, पदाधिकारी चयनलागयतका विषयमा असन्तुष्टि जनाउँदै आएका छन् । पार्टीभित्र देखिएका कमीकमजोरी सच्याउनका लागि उनले साउन १५ गतेसम्मका लागि अल्टिमेटम समेत दिएका छन् ।

तर उनको माग साउन १५ गते यता मात्र होइन साउन २३ गते यता समाधान नहुने देखिएको छ । राजपा नेपालले साउन १८, १९ र २० गते पदाधिकारीको बैठक बोलाएको छ भने २१ गतेदेखि केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । यिनै बैठकहरुबाट त्रिपाठीले उठाएको मागको बारेमा छलफल हुने बताइएको छ । केन्द्रीय समितिको बैठकमा त्रिपाठीलगायतका नेताहरुले उठाएका मागबारेमा छलफल हुने भनिएपनि नेता त्रिपाठी हालसम्म पार्टीको कुनै गतिविधिमा संलग्न भएका छैनन् ।

पार्टी एकीकरण भएको केही दिनसम्म दिनहुँ कार्यालय जाने त्रिपाठी एक डेढ महिनादेखि कुनै गतिविधिमा संलग्न नभएको एक नेताले बताए । असार १४ गते भएको स्थानीय चुनावलाई आफ्नो जिल्लामा वहिष्कार गर्न सफल भएका त्रिपाठीले राजपा नेपालका अन्य नेताहरुले चुनाव वहिष्कारलाई खासै महत्व नदिएको भन्दै त्यसप्रति आपत्ति जनाउँदै आएका छन् ।

पदाधिकारी तथा केन्द्रीय कार्यसमितिको बैठकको तयारी चलिरहेको छ । दलका नेताहरु त्यसको तयारीमा जुटेका छन् तर उनी काठमाडौमा भएपनि राजपा नेपालसँग सम्बन्ध विच्छेद गरे जस्तो व्यवहार गरिरहेको सो दलमा चर्चा छ । राजपा नेपालका एक नेताले भने, ‘उहाँ पार्टी कार्यालय आउन पनि छाड्नु भएको छ, नत्र यसअघि उहाँ नियमित कार्यालय आउने जाने गर्नुहुन्थ्यो । अहिले त राजपा नेपालका अध्यक्ष महन्थ ठाकुरसँग फोनमा कहिले काही कुरा गर्नुहुन्छ नभए आउनु हुन्न ।’

उनले राजपा नेपालमा आफ्नो सम्मानजनक उपस्थिति चाहेका छन् । अध्यक्ष मण्डलमा आफूभन्दा कनिष्ट नेताहरु भएको दावी उनको छ । त्यसलै उनले आफू पनि अध्यक्ष मण्डलमै हुनुपर्ने चाहना राख्दै आएका छन् । अध्यक्ष मण्डलले पनि उनलाई अध्यक्ष मण्डल या पार्टीमा सम्मानजनक उपस्थिति गराउन छलफल गरिरहेको स्रोतले जनाएको छ ।

आमन्त्रित सदस्यको रुपमा उनलाई अध्यक्ष मण्डलमा सहभागि गराउने गरी छलफल भइरहेको स्रोतले जनाएको छ । साउन सात गते राजधानीमा आयोजित एक कार्यक्रममा सहअध्यक्ष त्रिपाठी सहभागि भएका थिए तर उनले उपस्थितिमा राजपा नेपाल नलेखि खाली छाडेका थिए । बरु सो कार्यक्रममा उनले राजपा नेपालको आलोचना नै गरेका थिए ।

प्रकाशित मिति: Jul 24, 2017

प्रतिक्रिया दिनुहोस्