Logo
८ जेष्ठ २०८१, मंगलबार
(July 23, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भिडियो: तीजको नाँच खुमनले दुरबिन लाइ लाइ हेरे

हरितालिका तीजको अवसर रमाइलो खालका गीतहरु गाएर चर्चा आउने क्रम बढेको छ । यसैक्रममा गायक खुमन अधिकारी र गायिका पार्वती स्त्रीले ‘दुरबिन लाई लाई’ बोलको तीज गीत ल्याएका छन् ।

तीजको कोशेली ‘दुर्बीन लाई लाई’ बोलको म्युजिक भिडियोमा शंकर बिसी र करिश्मा ढकालले मोडलिङ गरेका छन् । तीज गीतमा शंकर र करिश्माले रोमान्स गरेको भिडियोमा प्रष्ट देख्न सकिन्छ । शंकर बिसीले निर्देशन गरेको भिडियोमा तीजको छनक सँगै माया, प्रेम र रोमान्स समेटिएको छ ।

राजेश घिमिरेले छायांकन गरेको भिडियोलाई नबिन घर्तीमगरले सम्पादन गरेका हुन् । भिडियोको कोरियोग्राफी पनि निर्देशक बिसीले नै गरेका हुन् । गीतमा संगीत भने गायक अधिकारीकै रहेको छ ।

भिडियो :

प्रकाशित मिति: Jul 23, 2017

प्रतिक्रिया दिनुहोस्