Logo
५ जेष्ठ २०८१, शनिबार
(July 24, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रेमको निहुँमा यातना पाएकी मीना भन्छिन् ‘पापालाई कारबाही नहोस्’

अवैध प्रेमको आरोपमा शुक्रबार चरम यातना पाएकी मीना यादवको घर सम्मरीमाई ६ डिहुलीमा भेला भएका आफन्त तथा छिमेकी ।
श्रावण ६, २०७४- असारको बेला रोपार्इंको बेला हो । बिहान म पनि रोपाईंमा गएकी थिएँ । दिउँसो मलाई घर काम गर्न अह्राएर बुवा र आमा खेतमा जानुभयो । दाइ पसलतिर थियो । मैले बाख्रालाई चराउन घरअगाडि डोर्दै थिएँ । दिनेश लोध गाउँ घुम्दै हाम्रोमा आएछन् । मैले नदेख्दै दाइले देखेर पापालाई खबर गर्‍यो ।

त्यसपछि पापा खेतबाट गाली गर्दै आउनुभयो । केटा भाग्न खोज्यो । उसको उहाँहरुले समातेपछि मलाई मन पराउछु भनेछ । त्यसपछि केटालाई हिर्काउनुभयो । मेरो गल्ती थिएन । मैले तिनलाई बोलाएकी पनि थिइनँ । केटो आफै आएको हो । मैले देख्दा बोल्थे । चिनेकी थिएँ, त्यत्ति हो । अरु सम्बन्ध थिएन ।

मलाई के हो भने सोध्नुभयो । केही होइन भन्दा पनि पत्याउनु भएन । मलाई पनि हिर्काउनुभयो । त्यसमा दादा, पापा, ठूलापापालगायत को को पनि थपिनु भयो । लगातार कुटाइँ खाएँ । कसैले छुट्टाएन । सबैले मलाई दोष दिए । मेरो विहे भैसकेको थियो । गौना गएकी थिइन् ।

घरकालाई अब घरबार हुन्न भन्ने चिन्ता भयो होला । त्यसैले कुट्नुभयो । केहीबेरमा पुलिस आएर लग्यो । पछि केटाले मेरो बिहेका लागि १ लाख दिने भएपछि पुलिसले छोडिदियो । मलाई केके भयो अब बताउन चाहन्न ।  मेरा कारण मेरा पापा र आफन्तलाई थुनाउन पनि चाहन्न । कसैलाई कारबाही गराउन चाहन्न । म घरमै बस्न चाहन्छु ।

मेरो मात्रै होइन मेरो परिवारको सवाल छ । मलाई बिहे गरेको घरकाले लैजान्न भनिसके । अर्को ठाउँमा केटो खोज्नुभएको छ । आइतबार आउने कुरा छ । पापा ममी घरमा बस्नुहुनेछ । म बिहे गरेर जान चाहन्छु । घटना साम्य भएको थियो । फेसबुकका कारण फेरि बाहिर आयो । यो घटना अब बाहिर नजाओस् ।

@मीना यादवसित पत्रकार अमृता अनमोल ले गरेको कुराकानीको अंश !

योपनि पढ्नुहोस :

छोरी कुट्ने बाबुसहित ५ जनाविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा

प्रकाशित मिति: Jul 21, 2017

प्रतिक्रिया दिनुहोस्