Logo
४ जेष्ठ २०८१, शुक्रबार
(June 23, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

फिल्म समिक्षाः इमोशनल ड्रामा हो सलमानको ‘ट्युबलाइट’

फिल्मः ट्युबलाइट

निर्देशकः कबिर खान

स्टार कास्टः सलमान खान, सोहेल खान, जूजू, मतिन रे तंगु, ओम पुरी, शाहरुख खान, मोहम्मद जीहान अयूब

अवधिः २ घण्टा १६ मिनेट

सर्टिफिकेटः यू

रेटिङः २.५ स्टार

निर्देशक कबिर खान र सलमान खान एकसाथ फिल्म ‘टाइगर’ र ‘बजरंगी भाइजान’ मा काम गरिसकेका छन् । यो जोडीको तेस्रो फिल्म हो ‘ट्युबलाइट’ । यसपटक कबिर खानले हलिउड फिल्म ‘लिटिल बोई’ बाट प्रेरित भएर यो फिल्मको कहानी पर्दामा दर्साउने कोसिस गरेका छन् । हुन त हलिउड फिल्म ‘लिटिल बोई’ ले धेरै चर्चा बटुल्न सफल भएन तर त्यसको हिन्दी रुपान्तरणमा केही न केही नयाँ हुने आशा गरिएको छ ।

कहानीः

यो कहानी लक्ष्मण (सलमान खान) को हो जसलाई वरिपरिका बच्चाहरुले ट्युबलाइटको नामले बोलाउने गर्दछन् । लक्ष्मणका भाइ भरत (सोहेल खान) हुन् । भरत र लक्ष्मणको आमाबुवाको बाल्यकालमा नै मृत्यु भएको देखाइएको छ । यी दाजुभाइ एकअर्कासँगै हुर्किन्छन् । कहानीमा भावुकता त्यतिबेला छाउँछ जब भरत आर्मीमा जागिरे हुन्छन् र भारत–चीन युद्धका लागि उनी जानुपर्ने हुन्छ । लक्ष्मण पूर्ण रुपमा भावुक हुन्छन् र कुनै पनि हालतमा आफ्नो भाइलाई फिर्ता ल्याउनका लागि उनको भरपुर कोसिस हुने गर्दछ जसका लागि लक्ष्मणको यात्रा सुरु हुन्छ । कहानीमा बन्ने खान (ओम पुरी) र साना बच्चा गुओ (मतिन) र उनकी आमा (जू जू) को प्रवेशपश्चात् पूरा ट्विस्ट एण्ड टन्र्स आउने गर्दछ । तर लक्ष्मणलाई विश्वास हुन्छ कि उनको भाइ लडाईंपश्चात् पक्कै फिर्ता आउनेछ । के उनको विश्वास वास्तविकतामा परिणत हुन्छ ? त्यो थाहा पाउनका लागि पूरा फिल्म हेर्नुपर्ने हुन्छ ।

किन हेर्ने फिल्म ?

सलमान खान पहिलो पटक एक म्याचोम्यानको अवतारभन्दा भिन्न ब्याकफुटमा खेलिरहेको देख्न सकिन्छ र उनको यो अवतार तपाईंले सायद नै देख्नुभएको होला । उनलाई तपाईंले पहिलो पटक फ्रेश अवतारमा देख्न सक्नुहुन्छ । फिल्मको कहानी पहिले नै ट्रेलरमा बताइसकिएको छ तर त्यसको छायांकनको तरिका कबिरले भिन्न तरिकाले पेश गर्ने कोशिश गरेका छन् जसमा धेरैजसो तपाईंले भावुक पल नै पाउनुहुनेछ ।

फिल्मको इन्टरभलपूर्व र पछिको कहानी भिन्न–भिन्न दिशामा जान्छन् जहाँ एकफर्त सलमानको सोच इन्टरभलपूर्व सानो बच्चा जस्तो हुन्छ जसका कारण नै उनलाई ट्युबलाईट भनिन्छ भने कहानीको दोस्रो भागमा उनको सोचमा परिवर्तन आउँछ । फिल्ममा सलमान खानले निकै राम्रो काम गरेका छन् भने दिवंगत अभिनेता ओम पुरीको काम पनि तारिफयोग्य छ । बाल कलाकार मतिन रे तंगूले पनि निकै राम्रो काम गरेका छन् जसले तपाईंलाई बेलाबेलामा हँसाउने गर्दछन् । सोहेल खान र चीनियाँ अभिनेत्री जूजूले पनि सहज अभिनय गरेका छन् । शाहरुख खानको सानो तर महत्वपूर्ण भूमिका रहेको छ ।

फिल्मको संगीत रिलिजपूर्व नै निकै रुचाइएको छ । विशेषगरी रेडियो र तिनका–तिनका बोलको गीत निकै चर्चित भयो । फिल्मको निर्देशन सिनेमेटोग्राफी स्थान निकै उत्कृष्ट छ । फिल्म ६० को दशकमा आधारित छ ।

कमजोर पक्षः

फिल्मको कमजोर पक्ष यसको कहानी हो जो हलिउड फिल्मबाट प्रभावित छ । जसले उक्त फिल्म हेरेका छन् उनीहरुलाई फिल्मले कम आकर्षित गर्नेछ । फिल्मको स्क्रिन प्ले पनि निकै बिग्रिएको देखिन्छ जसलाई यदि राम्रो तरिकाले पेश गरिएको भए कहानीको स्तर बढ्ने सम्भावना हुन्थ्यो । फिल्मको सोच राम्रो छ तर त्यसलाई पूर्ण तरिकाले दर्साउन निर्माता असक्षम देखिन्छन् ।

फिल्म निकै भावुक छ तर थुप्रै पटक यस्ता दृश्य आउँछन् जसमा भावुक दृश्य त हुन्छन् नै तर दर्शकको रुपमा भावुक महसुस हुँदैन जसमा काम गर्न निकै आवश्यक थियो । फिल्मको क्लाइमेक्स अनुमानित छ जसलाई रोचक बनाइए हेर्दा भिन्न मजा आउँथ्यो ।

बक्स अफिसः

सलमान खान र इदको कम्बो प्याक निकै चर्चित हुने गरेको छ जसका कारण फिल्मले राम्रो ओपनिङ सधैं पाउने गर्दछ । जहाँ एकतर्फ सलमान खानको फिल्म दबंग र बडिगार्डले सय करोड क्लबमा प्रवेश गरेको थियो भने एक था टाइगर, किक र सुल्तानजस्ता फिल्मले २ सय करोडको आँकडा पार गरेको थियो भने बजरंगी भाइजानले ३ सय करोडको आँकडा पनि पार गरेको थियो । ट्रेन्ड एनालिष्टका अनुसार ट्युबलाईटको पहिलो दिनको कमाई २५ देखि ३० करोड हुनेछ । एजेन्सी

प्रकाशित मिति: Jun 23, 2017

प्रतिक्रिया दिनुहोस्