Logo
८ जेष्ठ २०८१, मंगलबार
(June 21, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बागीले लिए उम्मेद्वारी फिर्ता : इनरुवामा १४ जनाले लिए उम्मेदवारी फिर्ता (नाम सहित)

सुनसरी, इनरुवा । विभिन्न पदमा उम्मेदवारी दर्ता गराएका इनरुवाका १४ जनाले नाम फिर्ता लिएका छन् । नाम फिर्ता लिनेहरुमा काँग्रेसप्रति असन्तुष्टि जनाउँदै उपमेयर पदमा मनोनयन गर्दा गराएकी ज्योति सुब्बा, वडा नम्वर १ बाट स्वतन्त्र अध्यक्षको मनोनयन दर्ता गराएका लक्ष्मीप्रसाद हलुवाई, वडा ३ बाट अध्यक्ष पदमा मनोनयन दर्ता गराएका ऋषिराम सुवेदी , मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका वडा सदस्य गुलाबचन मुसहर ले फिर्ता लिएका छन ।

त्यसैगरी ५ नम्वर वडा अध्यक्ष स्वतन्त्र तर्फ हिरालाल मण्डल, श्यामकुमार राय, रामनारायण चौधरीले नाम फिर्ता लिएका छन् । त्यसैगरी वडा नम्वर ५ बाटै सदस्यहरु राप्रपाका शम्भु मण्डल, गणेश मण्डल, फोरम लोकतान्त्रिकका कृष्ण बहादुर थापा मगर र जितेन्द्रकुमार रायले नाम फिर्ता लिएका छन् । त्यसैगरी ५ कै महिला सदस्य फोरम लोकतान्त्रिककी सरस्वती मण्डल, इनरुवा नगरपालिका वडा ८का वडा अध्यक्षमा राप्रपाबाट मनोनयन दर्ता गराएका विश्वनाथ मण्डल धानुक र वडा नम्वर ९ बाट स्वतन्त्रमा सदस्य पदकालागि मनोनयन दर्ता गराएका सत्यनारायण शर्माले नाम फिर्ता लिएको मूख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

 

इनरुवा काँग्रेसका बागीले लिए उम्मेद्वारी फिर्ता

उम्मेद्वारी चयन प्रति असन्तुष्टि जनाउँदै स्वतन्त्र उम्मेदवारीको मनोनयन दर्ता गराएकाले नाम फिर्ता लिएका छन् ।नाम फिर्ता लिनेमा काँग्रेस पार्टीप्रति असन्तुष्टि जनाउँदै मनोनयन गर्दा गराउनेहरु बढी छन् । इनरुवाको उपमेयरकालागि काँग्रेसको बागी उम्मेदवारका रुपमा स्वतन्त्र मनोनयन दर्ता गराएकी ज्योति सुब्बाले नाम फिर्ता लिएकि छिन् । जिल्ला पंक्तिसँगको छलफल पश्चात आफ्नो असन्तुष्टि टुङिगएकाले पार्टीको साथ र समर्थनमा अघि बढ्ने सुब्बाले बताइन् ।

त्यसैगरी इनरुवाको वडा नम्वर १ बाट अध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका लक्ष्मी शाह, महिला दलित सदस्य कबिता शर्मा खत्वे, ३ नम्वर अध्यक्षमा स्वतन्त्रबाट मनोनयन गर्दा गराएका ऋषिराम सुवेदीले मनोनयन फिर्ता लिएका छन् । उनिहरु सबैले पार्टीको जीत सुनिश्चित गर्ने आधार तय गर्न मनोनयन फिर्ता लिएको प्रतिकृया दिएका छन् ।नेपाली काँग्रेस सुनसरी सभापति राजिब कोइरालाले असन्तुष्ट कार्यकर्ताहरुलाई पार्टीमै फर्काइएको बताउनुभएको छ ।

पार्टीले असन्तुष्टीका विषयलाई आगामी दिनमा सम्बोधन गर्दै लैजाने कोइरालाको भनाई छ । उम्मेद्वार चयन प्रतिको असन्तुष्टिसँगै स्वतन्त्र मनोनयन दर्ता गराएकाहरु पार्टीमै फर्किएकाले इनरुवामा नेपाली काँग्रेस थप मजबुत बनेको कोइरालाले बताउनुभयो । काँग्रेससँगको असन्तुष्टि पश्चात मेयरमा स्वतन्त्र उम्मेद्वारी दिएकी महेश्वरी न्यौपानेले भने मनोनयन फिर्ता लिइनन् । आफुलाई समेत नाम फिर्ता लिन काँगे्रस नेताहरुले आग्रह र आश्वासन दिएपनि नाम फिर्ता नलिई चुनावमा उभिएको न्यौपानेले बताइन् । उनले स्टिकोट चुनाव चिन्ह पाएकी छिन् ।

प्रकाशित मिति: Jun 21, 2017

प्रतिक्रिया दिनुहोस्