Logo
८ जेष्ठ २०८१, मंगलबार
(June 19, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राजपा नेता राजेन्द्र महतोलाई पितृशोक

सर्लाही, ५ असार । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोलाई पितृशोक परेको छ ।

महतोका बुवा खोभारी महतोको एक सय वर्षको उमेरमा सोमबार बिहान ५ बजेको समयमा निधन भएको उनका परिवारले जनाएको छ ।

ईश्वपुर नगरपालिकाको बयलवासस्थित महतोका ठूलदाई महेन्द्र महतोको घरमा उनको निधन भएको परिवारिक स्रोतले जनाएको छ ।

परिवारको अनुसार उनको दाहसँस्कार सर्लाहीको कर्मैयास्थित वाग्मति नदीमा गरिनेछ ।

प्रकाशित मिति: Jun 19, 2017

प्रतिक्रिया दिनुहोस्