Logo
८ जेष्ठ २०८१, मंगलबार
(June 18, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एमालेबाट तमलोपामा आएकी केन्द्रीय कोषाध्यक्ष अनिता यादव फेरी एमालेमै फर्किइन्

काठामाडौं, असार ४: आन्दोलनरत राष्ट्रिय जनता पार्टीकी कोषाध्यक्ष अनिता यादव एमाले प्रवेश गरेकी छन् । पार्टी कार्यलय धुम्बाराहीमा आयोजित कार्यक्रममा एमाले अध्यक्ष केपी ओलीले यादवलाई पार्टी प्रवेश गराएका हुन् । यादवले राजपाले मधेस मुद्धा विर्सेको र स्वार्थकेन्द्रीत भएको बताएकी छन् । उनले जारी गरेको विज्ञप्तिमा मुलुकमा शान्ति,नेपाली जनताको चाहाना अनुसार सकारात्मक राजनीति जरुरी भएको भन्दै घृणाले बदलाको भावना जन्माउने र आरोपले समाजलाई द्धन्द्धमा धकेल्ने बताएकी छन् ।

धनुषाकी यादव गत संविधानसभा निर्वाचनमा त्यहाको ५ नंम्बर क्षेत्रबाट निर्वाचन लडेकी थिइन् । उनी तमलोपाका संस्थापक स्व. कृष्णदेव यादवकी पत्नि हुन् । शुरुमा एमालेमा नै रहेकी यादव र उनका पति तमलोपा गठन गर्ने क्रममा एमाले परित्याग गरेका थिए । अहिले १० वर्षपछि उनी पुरानै पार्टीमा फर्किएकी हुन् ।

प्रकाशित मिति: Jun 18, 2017

प्रतिक्रिया दिनुहोस्