Logo
५ जेष्ठ २०८१, शनिबार
(June 15, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कपिललाई छोडेर सुनिलले मिलाए कृष्णासँग हात, अब सँगै देखिने

कपिल शर्मासँग झगडापछि सुनिल ग्रोवरको करियर सोनी टेलिभिजन र लाइभ कार्यक्रमले थामिरहेको छ । एक स्रोतका अनुसार सुनिल चाँडै नै आफ्नो कार्यक्रम ल्याउँदैछन् जसमा उनीसँग कपिलका प्रतिद्वन्द्वी भनिने कृष्णा अभिषेक पनि हुनेछन् ।  उक्त कार्यक्रममा कृष्णासँगै अली असगर, चन्दन प्रभाकर र सुगन्धा मिश्रा पनि साथ हुने अनुमान गरिएको छ ।

इंडियन एक्सप्रेसले जानकारी दिए अनुसार सोनी चाँडै नै आफ्नो एक नयाँ कार्यक्रम भित्र्याउने तयारीमा छ जसमा कृष्णा पनि सँगै रहनेछन् । केही दिन अघि कपिलले आफ्ना प्रशंसकसँग आफू सुनिलसँग नरिसाएको र उनले चाहेको बेला कार्यक्रममा फिर्ता हुनका लागि सधैं ढोका खुल्ला रहेको बताएका थिए तर सुनिल भने कुरा मिलाउने मूडमा नै छैनन् । एजेन्सी

प्रकाशित मिति: Jun 15, 2017

प्रतिक्रिया दिनुहोस्