Logo
१४ बैशाख २०८१, शुक्रबार
(June 3, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

२१ गते बालुवाटार छिरेका ‘प्रचण्ड’ २१ गते नै बालुवाटार छाड्दै

काठमाडौं, जेठ २० : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भोलि आइतवार सरकारी निवास छाड्ने भएका छन् । प्रधानमन्त्रीको निजी सचिवालय स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्डले सरकारी निवास बालुवाटार छाड्ने गरी तयारी गरेका छन् ।

१० महिनाको बालुवाटार बसाईपछि प्रचण्डले सरकारी निवास छाड्न लागेका हुन् । अर्थात २१ साउनमा बालुवाटार गएका प्रचण्डले २१ जेठमा बालुवाटार छाड्न लागेका हुन् भन्दै रातोपाटीमा समाचार छ ।

गत साउन १९ मा प्रचण्ड प्रधानमन्त्री भएका थिए । लगत्तै उनी साउन २१ सरकारी निवास बालुवाटार सरेका थिए । सरकारी निवास छाडेर प्रचण्ड यस अघि बस्दै आएको लाजिम्पाटस्थित निवासमा सर्ने छन् ।

भोली नै नयाँ प्रधानमन्त्रीका लागि संसदमा निर्वाचन हुँदैछ । काँग्रेस–माओवादी गठबन्धन सहमति अनुसार काँग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्दैछन् । प्रधानमन्त्री भएलगत्तै देउवा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार जानेछन् ।

प्रकाशित मिति: Jun 3, 2017

प्रतिक्रिया दिनुहोस्