Logo
१३ बैशाख २०८१, बिहीबार
(May 27, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मौसम खराब: गोमा एयरको विमान लुक्लामा दुर्घटना

काठमाडौं/अोखलढु‌ंगा, जेष्ठ १३ : सामान बोकेर लुक्ला पुगेको गोमा एयर (समिट एयर) को कार्गो विमान तेन्जिङ हिलारी बिमानस्थलमा अवतरणको क्रममा दुर्घटनामा परेको छ । नाईन एनएकेए कल साइन भएको विमान दुर्घटनामा परी घाइते एयर होस्टेस प्रज्ञा मानन्धरलाई हेलिकप्टरबाट काठमाडौं ल्याउने तयारी भइरहेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले दुर्घटना भएको जानरकारी दिंदै हावाको चापको कारण दुर्घटना भएको हुनसक्ने बताए । उनले विमान धावनमार्ग बाहिर पुगेको जानकारी दिए ।

विमानमा रहेका क्याप्टेन पारसकुमार राई र कोपाइलट सृजन मानन्धरको खोजी भइरहेको ठाकुरले जानकारी दिए । विमान काठमाडौंबाट साढे १ बजे उडेको थियो । २ बजेर ४ मिनेटमा बिमान दुर्घटना भएको ठाकुरले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका डीएसपी माधव बुढाथोकीले विमानबाट क्याप्टेन र कोपाइलटलाई निकाल्ने प्रयास भइरहेको बताए । लुक्लाको मौसम खराब भएकाले उद्दारमा कठिनाइ भएको उनले बताए । मौसमका कारण अहिले लुक्लामा सबै उडानहरु रद्द गरिएको छ ।

बुढाथोकीका अनुसार दुर्घटनामा परी घाइते एयर होस्टेसको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । कान्तिपुरमा समाचार छ ।

प्रकाशित मिति: May 27, 2017

प्रतिक्रिया दिनुहोस्