Logo
२६ बैशाख २०८१, बुधबार
(May 6, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

८६ वर्षीय शेरचनको आरोहणका क्रममा निधन

काठमाडौं, बैशाख २३ : विश्व रेकर्डका लागि सगरमाथा आरोहणमा हिडेका ८६ वर्षीया आरोही मीनबहादुर शेरचनको निधन भएको छ । शेरचनको आरोहणका लागि मीनबहादुर शेरचन सगरमाथा आरोहण अभियान नै चलाइएको थियो।

म्याग्दीको भुरुवा तातोपानीका शेरचन काठमाडौंको समिट ट्रेड नेपाल नामक ट्रेकिङ एजेन्सीबाट सगरमाथा आरोहणमा हिँडेका थिए। पर्यटन विभागका महानिर्देशक दिनेश भट्टराईका अनुसार शेरचनको शनिबार निधन भएको हो ।

शेरचन सन् २००८ मा ७६ वर्षको उमेरमा उनले तीन सय ४० दिन लगाएर सगरमाथा आरोहण गरी विश्व कीर्तिमान राख्नु भएको थियो । ‘मीनबहादुर शेरचन सगरमाथा आरोहण अभियान’ ले सन् २०१३ र २०१५ मा प्राविधिक कारणले अक्षम भएको भन्दै यस वर्ष आरोहणको मिति तोकेको थियो । आरोही शेरचनले विश्वशान्ति र पृथ्वीआमाको रक्षाका लागि सगरमाथा आरोहण गर्ने बताउनु भएको थियो।

शेरचन वैशाख ३ गते आइतबार सात सदस्यीय टोलीसहित काठमाडौंबाट सगरमाथा आरोहणमा हिड्नु भएको हो। शेरचन काठमाडौंबाट हेलिकोप्टरमा नाम्चे बजार हुँदै सगरमाथा आरोहणका लागि प्रस्थान गर्नु भएको थियो ।  सगरमाथा आरोहण अघि आयोजित पत्रकार सम्मेलनमा शेरचनले भन्नु भएको थियो, ‘मेरो ८६ वर्ष उमेर किर्ते गरेको हो जस्तो लाग्छ । म सगरमाथा चढेरै छाड्छु।’ यसअघि ज्येष्ठ नागरिक शैलेन्द्रकुमार उपाध्यायले आरोहण प्रयास गर्दा आरोहणकै क्रममा हिमालमै उहाँको समेत मृत्यु भएको थियो ।

शेरचनको आरोहण दललाई म्याग्दी प्रवासी नेपाली संघ बेलायत, गैरआवासीय नेपाली संघ बेलायत, थकाली समाज बेलायत र मगर समाज बेलायतले सहयोग गरेका थिए। शेरचनको आरोहणका लागि करिब ९५ लाख रुपैयाँ तय गरिएको थियो ।पर्वतारोहणसम्बन्धी नियमावली, २०५९ को ३ नम्बर बुँदामा पर्वतारोहणका लागि अनुमति लिनुपर्ने व्यवस्था छ । नियमावलीमा १५ वर्ष काटेकालाई मात्र अनुमति दिने उल्लेख भए पनि माथिल्लो उमेरको व्यवस्था छैन ।

प्रकाशित मिति: May 6, 2017

प्रतिक्रिया दिनुहोस्