Logo
१७ बैशाख २०८१, सोमबार
(May 6, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

महेन्द्र विष्ट जी, ‘पार्षद’ बन्न के एमालेको कार्यकर्ता नै बन्न पर्छ हो ?

छायाचन्द्र भण्डारी,

काठमाण्डौ, वैशाख २२ । पत्रकार महासंघका अध्यक्ष महेन्द्र विष्ट जी ! तपाईलाई एउटा प्रश्न आम जनताको कानमा पुग्नेगरि सोध्नु पर्ने भयो । पत्रकार महासंघ सदस्यका नाताले यो प्रश्न आम नागरिकमा लान उचित नठान्दा नठान्दै पनि प्रश्न फुकाउनु वाध्य भए ।

पार्षद बन्न कुनै सञ्चार माध्यममा काम गरेको प्रतिनीधीबाट निर्वाचन मार्फत छानिनु पर्छ की ? एमालेको कार्यकर्ता हुनु पर्छ ? या कुनै अन्य प्रक्रियाछन् ? विष्ट जी बताइदिनुस् । पत्रकार महासंघ काठमाडौं शाखाको निर्वाचन सम्पन्न भएको २ हप्ता पुग्न लाग्यो पार्षद छनोटमा ठुलो घोटला भयो । एकै ब्यक्तीले ३ पटक सम्म मतदान गरे । सवै देख्दा देख्दै पनि आँखा चिम्लिनु भयो त ।

निर्वाचनमा काठमाडौंका अध्यक्ष गोविन्द चौंलागाई र केन्द्रका महासचिव उजिर मगरले जुन तरिकाले धाँधली गरे तपाईलाई कतै छोएन ? त्यो देख्दा लज्जा पनि लज्जित भयो पत्रकारहरु बिच अझै मानसपटलमा ताजा भएको खबर हो यो ।

तपाई पत्रकार महासंघको अध्यक्ष जिम्मा लगाउने चटारोमा पनि हुनुहुन्छ । तर,कस्तो पत्रकारबाट छान्ने रणनीति बनाउदैँ हुनुहुन्छ ।तपाईका कर्तुतहरु सबै छताछुल्ल हुनेक्रम बढ्दै गर्दा तपाईलाई काठमाडौं शाखाका वारेमा एउटा विज्ञप्ती समेत प्रकाशित गर्ने आट आएन् विष्ट जी । गल्ति मान्छेले नै गर्छ सच्चाउने हिम्मत पनि उसैले राख्नु पर्छ ।

सन्दर्भ जोड्न चाहान्छु पत्रकार महासंघ काठमाण्डौ शाखाको निर्वाचन प्रक्रियाबाट । शाखाको चुनावमा ८ सय मत खस्यो तर १३८ जना पार्षद कसरी बन्न सफल भए, यसको जवाफ जिल्ला अध्यक्ष विष्ट र केन्द्रीय अध्यक्ष तथा महासचिवले दिनुपर्छ । पार्षद कसरी छानिए ?त्यसको पनि हिसाव किताव दिनुस् । गजव छ फर्म नबुझाएका समेत पार्षद बने बधाई थापे ।

विष्ट जी पार्षद बन्न एमालेको कार्यकर्ता बन्न पर्छ हो ? काठमाण्डौ शाखाका पत्रकारहरुले यस्तै चर्चा गर्न थालेकाछन् । केन्द्रिय पार्षद भरेका प्रादेशिकमा थन्किए । यहि हो निर्वाचन प्रक्रिया ?  म छायाँचन्द्र भण्डारीले न्यूज अभियान डट कम , अभियान टाइम्स र गोरखा एक्सप्रेसमा कार्यरत १० जना पत्रकार उपस्थित गराएर सही छापासहित केन्द्रीय पार्षदका लागि फर्म बुझाए ।

मरो नाम तपाईको निवार्चन प्रक्रियामा अटाएन बरु भर्दै नभरेकाहरु समेटिए । कसैका श्रीमती,साला,जेठान पनि पार्षदमा आए । कसैका छोरी …पनि ! तर महासंघको निर्वाचन ऐन कानुन अनुसार फारम भरि आएका पार्षदको सुचिमा पहिलो नम्बरमा फर्म बुझाएका छायाचन्द्र भण्डारी किन परेनन् । भण्डारी जस्तै किशोर पौडेल,भुवन शर्मा,नकुल अर्याल लगायत दर्जन पत्रकारलाई नियोजितरुपमा गलत्याइयो ।

फर्म नभरेका र फर्जिहरुलाई स्वागत गरियो । यो कस्तो निर्वाचन परिणाम ? निवार्चन समितिका सदस्य र वकिलले हस्ताक्षर समेत नगरि सुचि टासियो । पत्रकार महासंघको तानशाह प्रवृती विरुद्ध क्रियाशील पत्रकारहरुले आन्दोलनको मोर्चा खोलेकाछन् । यस मोर्चाको नेतृत्व प्रेस युनियनले गरेको छ तर विष्टभने कानमा तेल हाले झै निदाएकाछन् । केन्द्रदेखि जिल्ला शाखासम्म तालावन्दी छ ।

उनले कतै आधिकारीक छानविन गर्न उचित ठानेकाछैनन् । यसरीनै चल्छ विष्ट जी ? म महासंघको पार्षद छनोटमा परु नपरु मेरा लागि गौण हो तर दरवारिया,तानाशाहि प्रवृतीबाट छनोट भएको कतियप पार्षदका बारेमा तपाई अझै बेखबर बन्नु महासंघकै लज्जा हो । निर्वाचन प्रक्रिया र पद्धतीलाई लत्याएर गरिएको निवार्चनबाट तपाईका मान्छे समेटिए भन्दैमा दङ्ग हुनुहुन्छ ? निर्वाचनको न्याय सिद्धान्त यहि हो ? मरो गम्भिर प्रश्न विष्टलाई । विष्ट बेखबर बन्न मिल्छ ।

जसले केन्द्रका लागि पार्षदको फर्म भरेका थिए र १० जना मतदान गरेका सदस्य पत्रकारहरुको हस्ताक्षरसमेत बुझाएका थिए, तिनलाई प्रदेशका लागि पार्षद भयौ भन्ने अधिकार निर्वाचन अधिकृतलाई कसले दियो ? र, ८ सय मत खस्ता कसरी १ सय ३८ जना केन्द्रीय पार्षद बनाउन मतदान अधिकृतले सही गरे, यो पनि छानबिनको विषय बनेका छ ।

यी सबै कुरा विष्ट जीलाई राम्ररी जानकारी छ । किन की उँहा आफ्ना चौतारीका साथीहरुलाई विजय गराउन निर्वाचन समय अवधी निकै खटिनु भएको थियो । समाचार स्रोतका अनुसार केन्द्रीय सचिव उजिर मगरले अरुलाई जेसुकै गरे पनि भण्डारी पार्षद हुनुहुन्न भनेर अध्यक्ष डा.महेन्द्र विष्टलाई दबाब दिएपछि त्यसैअनुसार भाग-बण्डामा पार्षद बनाइयो र १२ दिनपछि बल्ल नतिजा टाँसीयो । नतिजाको बिरोधमा अझै महासंघको शाखा र केन्द्रमा ताला छुण्डिएको छ । यसका लागि न्यायीक छानबिन गर्न जरुरी छ ।

प्रकाशित मिति: May 5, 2017

प्रतिक्रिया दिनुहोस्