Logo
१५ चैत्र २०८०, बिहीबार
(May 4, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

३४ जिल्लामा ४९ हजार २ सय ७ को उम्मेदवारी

काठमाडौं, बैशाख २१ : स्थानीय तहको निर्वाचन अन्र्तगत पहिलो चरणका लागि ३ जिल्लाका २ सय ८३ स्थानीय निकायमा ४९ हजार २ सय ७ को उम्मेदवारी परेको छ ।

निर्वाचन आयोगले निकालेको अन्तिम अंकडा अनुसार नगरपालिका तथा गाँउपलिका प्रमुख तथा अध्यक्षमा १९ सय २५, उपप्रमुख तथा उपाध्यक्षमा १४ सय १९, वडाध्यक्षमा १० हजार ८ सय ४१ को उम्मेदवारी परेको छ । गत जेठ १९ गते उम्मेदवारहरुले आफ्नो मनोनयन दर्ता गरेका थिए ।

यस्तै वडा सदस्यमा १८ हजार ३ सय ७१, महिला सदस्यमा ९ हजार ३३, र दलित महिला सदस्यमा ७ हजार ४ सय ७२ को उम्मेदवारी परेको छ ।

कुन जिल्लामा कति उम्मेदवार
सबैभन्दा बढी काठमाडौंमा ३ हजार ५ सय ६ जनाको उम्मेदवारी परेको छ भने सबैभन्दा कम मनाङमा २ सय ३३ जनाको उम्मेदवारी परेको छ ।

काभ्रेमा २७ सय ५१, कालिकोटमा १७ सय ३९, कास्किमा १५ सय ४९, गोरखामा १९ सय ३८, चितवनमा ११ सय ३३, जाजरकोटमा १३ सय १२ को उम्मेदवारी परेको छ । यस्तै जुम्लामा १२ सय १७, डोल्पामा ६ सय ६३, तनहुँमा १५ सय ८३, दैलेखमा १९ सय १७, दोलखामा १२ सय ८१ को उम्मेदवारी परेको छ ।

धादिङमा २ हजार ६१, नवलपरासीमा १७ सय ३१, नुवाकोटमा १९ सय १५, पर्वतमा १ हजार ९२, बाग्लुङमा १४ सय ७०, भत्तपुरमा १ हजार १२, मकवानपुरमा १८ सय १५, मनाङमा २ सय ३३, मुगुमा ५ सय ९७, मुस्ताङमा २ सय ३८, म्याग्दीमा ६ सय १७, रसुवामा ५ सय ६८, रामेछापमा १ हजार ७६ को उम्मेदवारी परेको छ ।

यस्तै रुकुममा ११ सय ९६, लमजुङमा १ हजार ४३, ललितपुरमा १५ सय ९३, सल्यानमा १५ सय २९, सिन्धुपाल्चोकमा १९ सय १०, सिन्धुलीमा १३ सय ७, सुर्खेतमा २ हजार ५७, स्याङ्जामा १६ सय ७६, र हुम्लामा ७ सय १० गरी ४९ हजार २ सय ७ को उम्मेदवारी परेको हो । रातोपाटीमा समाचार छ ।

प्रकाशित मिति: May 4, 2017

प्रतिक्रिया दिनुहोस्