Logo
११ बैशाख २०८१, मंगलबार
(May 2, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अख्तियार प्रमुखमा दीप बस्न्यातको नाम सिफारिस

काठमाडौं, वैशाख १९ : संवैधानिक परिषद्ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा दीप बस्न्यातको नाम सिफारिस गरेको छ ।

परिषद्ले अख्तियारमा कार्यवाहक प्रमुख आयुक्त रहेका बस्न्यातको नाम संसदीय सुनुवाईका लागि पठाउने निर्णय गरेको हो ।

आफ्नो नाम सिफारिसपछि कार्यवाहक प्रमुख आयुक्त बस्न्यातले अख्तियारको कामकारबाहीलाई सन्तुलितका साथै प्रभावकारी बनाउने प्रतिक्रिया दिए ।

उनले अख्तियारको गिरेको साख उचो बनाउन प्रयत्न गर्ने र त्यसक्रममा सामूहिक कार्यप्रणाली अपनाउने प्रतिबद्धता जनाए ।

‘म अख्तियारमा परिचित नै छु, मेरो पदावधि पनि लामो समयको हैन’बस्न्यातले भने, ‘योजना बनाउने र होहल्ला गर्ने भन्दा पनि काम गरेरै देखाउनुपर्ने अवस्था आएको छ ।’

 

प्रकाशित मिति: May 2, 2017

प्रतिक्रिया दिनुहोस्