Logo
१३ बैशाख २०८१, बिहीबार
(April 28, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आयोग भन्छ: आचारसंहिता निरन्तर लागू हुनेछ

काठमाडौं, वैशाख १४ : निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि जारी गरिएको आचारसंहिता दोस्रो चरणको निर्वाचन जेठ ३१ गतेसम्म यथावत् रहने जनाएको छ ।

आयोगले फागुन १८ गते जारी गरेको ‘स्थानीय तह निर्वाचन आचारसंहिता, २०७३’ वैशाख ३१ र जेठ ३१ गते हुने दुवै चरणको निर्वाचनसम्म निरन्तर रहने निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए ।

आचारसंहिता कायमै भएको विषयमा कुनै भ्रममा नपर्न, आचारसंहिताको पालना गरेर सहयोग गर्न तथा निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, पारदर्शी र विश्वसनीय बनाउनसमेत सरोकारवाला सबैसँग आयोगले आग्रह गरेको छ ।

आचारसंहिताका विषयमा विभिन्न टीकाटिप्पणी उठिरहेको सन्दर्भमा आयोगले बुधबार प्रेस विज्ञप्ति जारी गरी त्यसबारे स्पष्ट पारेको हो । रासस

प्रकाशित मिति: Apr 28, 2017

प्रतिक्रिया दिनुहोस्