Logo
१४ बैशाख २०८१, शुक्रबार
(April 20, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

५ मधेसवादी दलबीच एकताःरुपान्तरित नयाँ पार्टी ‘राजपा’ आउदै !

विशेष संवाददता, काठमाडौं, वैशाख ७ : आन्दोलनरत संयूक्त लोकतान्त्रिक मधेसी मोर्चामा आवद्ध सात मधेसवादी पार्टीहरु मध्ये ५ ओटा पार्टीहरुवीच एकता भएको छ । यसको घोषणा सभा आजै दिउसो अमृत भोग पाटीॅ प्यालेश, कालिकास्थानमा हुने छ । मोर्चा आवद्ध तराई मधेस लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी, तराई मधेस सद्भावना पार्टी, राष्ट्रिय मधेस समाजवादी पार्टी र मधेसी जनअधिकार फोरम गणतान्त्रिकबीच बुधवार राती एकता भएको हो । तत्काल यसमा अध्यक्ष मण्डली प्रणली हुने छन ।

बुधवार अबेर राती भएको सहमती अनुसार एकीकृत नयाँ पार्टीको नाम ‘राष्ट्रिय जनता पार्टी’ राखिएको छ । श्रोतले भने नेपाल जनता पार्टी राख्ने तयारी थियो तर यो नाम यसअघि नै दर्ता रहेको हुदा नयाँ पार्टीको नाम ‘राष्ट्रिय जनता पार्टी’राखिएको हो । पार्टीको चिह्न र झन्डा ‘छाता’ रहने छ । सामूहिक अध्यक्ष मण्डल बनाई नेतृत्व गर्ने बैठकको निर्णय रहेको छ ।

उच्च श्रोतका अनुसार नव गठित राजपाको राजनीतिक शैली ठ्याक्कै भारतको हाल सत्तासिन पार्टी भाजपा जस्तै हुने छ तर यसको औपचारिक पुष्टि भने मधेशी नेताहरुले गरेका छैनन । यद्यपी एक नेताले भने ‘भारतिय काग्रेस जस्तै नेपाली काग्रेस हुने ? भारतिय कम्युनिष्ट पार्टी पार्टी जस्तै नेपाल कम्युनिष्ट हुने अनि भारतिय जनता पार्टी जस्तै ‘राष्ट्रिय जनता पार्टी’किन हुन सक्दैन ? ‘ ।

एक अर्का नेताले भारत उक्त प्रदेश र बिहारमा तत्कालिन जनता पार्टी गठन जस्तै अवस्था हाल नेपालमा रहेकाले पनि यहि नाम उपयुक्त रहेकाले यो नै राखिएको तर्क गरे । ललितपुरको जावलाखेलको एक निजी घरमा राति पौने २ सम्म चलेको एकता बैठकको समापन गर्दै नेता महन्थ ठाकुरले वैकल्पिक राष्ट्रिय शक्ति बनाउने घोषणा गरेका थिए । उनले स्थानीय चुनावको सक्रिय बहिष्कार गर्नेगरी तत्कालै आन्दोलनलाई गति दिने भन्दै अब एउटै शक्तिले राजनीतिक परिवर्तनको एजेन्डा उठाउने बताए ।

बिहिबार बिहान ठाकुरले न्यूज अप्रेशनसंग को विशेष कुराकानीमा भने अब यो शक्तिले नै मधेशको पार लगाउने छ । मधेश शब्द किन उल्लेख नगरिएको नी भन्ने प्रशनमा उनले भने यहि नाममा सहमती भयो त्यही भएर ‘राष्ट्रिय जनता पार्टी’नै राखियौं । यता अनिल झा नेतृत्वको नेपाल सदभावना पार्टी भने तत्काल यस एकिकरणमा प्रकृयामा भाग लिने छैन । झाले न्यूज अप्रेशनसंग भने यो खुशिको कुरा हो, तर हामिलाई समयमै जानकारी भएन हामि भाग लिन सकेनौं तर यो शुखद एव साकारातमक कार्य हो ।

एकता प्रक्रियामा सक्रियमध्ये एक नेता राजकिशोर यादवले बिहीबार अपराह्न पार्टी एकता घोषणा हुने बताए । उनले भने, ‘हामी अहिलेकै अवस्थामा चुनावमा जाँदैनौं, एकीकृत पार्टी तुरुन्तै आन्दोलनमा जान्छ, अस्ति मोर्चाको नामबाट घोषणा भएका कार्यक्रमलाई हामी निरन्तरता दिन्छौं ।’ राष्ट्रिय जनता पार्टीको सिद्धान्त ‘लोकतान्त्रिक समाजवादमा आधारित समावेशी नेपाल’ हुनेछ भने एकीकृत पार्टीलाई हालका अध्यक्षहरु महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्र यादव, शरतसिंह भण्डारी, राजकिशोर यादवले सामूहिक अध्यक्षमण्डलको नेताका रुपमा नेतृत्व गर्नेछन् ।

अनील झा पनि जोडिएमा उनी पनि अध्यक्ष मण्डलको नेता हुने बैठकले निर्णय गरेको छ । श्रोतका अनुसार यो एकिरण प्रक्रियामा भारतिय मिडियामा कार्यरत केहि मधेशी पत्रकार सहितले शुत्रधारको रुपमा कार्य गरेका थिए भने नाव गठित पार्टीको नाम, चुनाव चिन्ह सम्म समेत उनै पत्रकारले गरेका हुन । उच्च श्रोतका अनुसार भारतिय जनता पार्टीको आग्रह र सैधान्तिक सहमतीपछि यो एकिरण भएको हो, यसको सुत्रधार नेपालका केहि पत्रकारहरु बनेका थिए । एक नेताले भने ‘भारतिय कग्रेस समेतले मधेशीलाई मात्र यूज गरे तर मधेशबारे अहिलेसम्म भाजपाले मात्र बोल्नेसम्मको प्रयास गरेका छन, त्यसैले हामिवीच सैधानितक मत्त मिल्ने छन ।’

प्रकाशित मिति: Apr 20, 2017

प्रतिक्रिया दिनुहोस्