Logo
१४ बैशाख २०८१, शुक्रबार
(March 30, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यसकारण गर्भवतीले सकारात्मक नै सोच्नुपर्छ

बिहान उठ्नेबित्तिकै व्यक्तिगत सरसफाइ गर्ने । अन्य समयभन्दा यो समयमा सरसफाइमा बढी ध्यान दिनुपर्छ ।
पोषिलो खानेकुरा खाने । अन्य समयभन्दा बढी झोलयुक्त खानेकुरा खाने । नियमित सेवन गर्ने औषधि आइरन, क्याल्सियम खाने ।

राति आठ घन्टा र दिनमा दुई घन्टा अनिवार्य सुतेर आराम गर्ने । गर्भवती महिलाले मनमा सकारात्मक कुरा मात्र सोच्ने । नकारात्मक कुरा सोच्दा ब्लडप्रेसर बढ्नेलगायत मानसिक समस्या सिर्जना हुन सक्छ ।

धूम्रपान, मद्यपान सेवन नगर्ने । चिकित्सकको सल्लाह नलिईकन कुनै पनि औषधि नखाने ।

प्रा.डा. जागेश्वर गौतम, प्रसूतिरोग विशेषज्ञ,

निर्देशक, परोपकार प्रसूतिगृह

@नयाँ पत्रिका

प्रकाशित मिति: Mar 30, 2017

प्रतिक्रिया दिनुहोस्