Logo
१५ बैशाख २०८१, शनिबार
(March 30, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मधेशमा म्यादी प्रहरीमा फर्म भर्नेको लर्को

रौतहट, चैत १७ ।  संयुक्त मधेसी मोर्चाले स्थनीय निर्वाचनको बिरोध गरेपनि मोर्चाको प्रभाव रहेको जिल्ला रौतहटमा म्यादी प्रहरीका लागि फर्म भर्नेको लर्को लगेको छ ।

बैशाख ३१ गतेलाई घोषणा गरिएको स्थानीय निर्वाचनलाई सरकारले खोलेको म्यादी प्रहरी भर्ना हुन रौतहट सदरमुकाम गौरमा फर्म भर्ने युवाहरुको लर्को लागेको हो ।

सरकारले निर्वाचन गराउन प्रत्येक जिल्लाबाट एक हजार म्यादी प्रहरी छान्ने उदेश्यअनुसार गत ११ गते जिल्ला प्रहरी कार्यालय रौतहट सूचना जारी गरी म्यादी प्रहरीको भनाए खोलेको थियो ।

सोही सूचनाका आधारमा बिहीबार अन्तिम दिनसम्म दुई हजार फर्म दर्ता भएको तथा चार हजार फर्म वितरण भएको जिल्ला प्रहरी कार्यलय रौतहटले जनाएको छ । रातोपाटीमा समाचार छ ।

प्रकाशित मिति: Mar 30, 2017

प्रतिक्रिया दिनुहोस्