Logo
१९ बैशाख २०८१, बुधबार
(March 13, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चीनिमा मिसाउनुहोस् कागतीको रस, मिनेटभित्रै हट्छ रङ

एजेन्सी, होली अर्थात् रङहरुको पर्व । होलीको दिनमा रङले निकै महत्वपूर्ण भूमिका खेल्छ । तर दिनको अन्त्यमा रङ हटाउने कुरा तपाईंको लागि समस्या बन्नसक्छ । तर अब चिन्ता नलिनुहोस् ब्यूटी एक्सपर्ट निक्की बावाले होली खेल्नुभन्दा पहिले केही कुरामा ध्यान दिए एलर्जी नहुने र सजिलै रङ हटाउन सकिने तरिका बारे जानकारी दिएकी छिन् ।

रसायन मिसाइएका रंगले होली नखेल्नुहोस् । रंगको प्रभावबाट बच्नका लागि तपाईं छालामा सनस्क्रिन लोसन पनि लगाउन सक्नुहुन्छ ।होली खेल्नुभन्दा पहिले पूरा शरिरमा नेरिवल वा जैतुनको तेल लगाउनुहोस् । कपालमा पनि राम्रो तरिकाले तेल लगाउनुहोस् । निकै गाढा रङ लागेको छ भने चीनिमा कागतीको रस मिसाउनुहोस् । अब यसलाई शरिरको विभिन्न भागमा लगाउनुहोस् । ४ देखि ५ मिनेटसम्म सुक्न दिनुहोस् र बिस्तारै रगड्नुहोस् । यसो गर्दा बिस्तारै रङ निस्कने गर्दछ ।

रंग छुटाउनका लागि तपाईं आँटाको चोकरको पनि प्रयोग गर्न सक्नुहुन्छ । पिठो चालेपछि चाल्नामा जुन आँटा बचेको हुन्छ, त्यसमा जौको आँटा वा दुधको धुलो मिसाउनुहोस् । त्यसमा थोरै दूध मिसाएर छालामा रगड्नुहोस् । कपालमा रंग लागेको छ भने त्यसलाई राम्रोसँग स्याम्पु लगाउनुहोस् र कन्डिसनर लगाउनुहोस् । कन्डिसनर ५ देखि ७ मिनेटसम्म यत्तिकै छोड्नुहोस् । त्यसपछि कपाल पखाल्नुहोस् ।

होलीमा पूरा शरिर ढाक्ने कोसिस गर्नुहोस् । सेतो वा हल्का रंगको कपडा सकेसम्म नलगाउनुहोस् । हल्का रंगको कपडामा अत्यधिक रंग बस्छ । छालालाई सुरक्षित राख्नका लागि प्राकृतिक रङको प्रयोग गर्नुहोस् । ओर्गानिक रंग प्रयोग गर्ने कोसिस गर्नुहोस् । यस्तो रङले छाला रुखो हुने, एलर्जी हुने, चिलाउने जस्ता समस्या हुँदैन ।

रंग निस्किएपछि छाला रुखो भए राती कपालमा राम्रो कम्पनीको हेयर सिरम र छालामा मोइस्चुराइजर लगाउनुहोस् । दिनमा तीनदेखि चारपटकसम्म मोइस्चुराइजर लगाउन सक्नुहुन्छ । रंग छुटाउनका लागि थुप्रै मानिसहरु कपडा धुने साबुनको प्रयोग गर्ने गर्दछन् जसले छालालाई हानी पुर्याउँछ । यसलाई बिर्सेर पनि प्रयोग नगर्नुहोस् ।

अनुहारलाई फेसवासले धुनुहोस् । रुखो छाला भएकाहरुले फेस वास प्रयोग गर्न सक्नुहुन्छ । शरिरको अन्य भागमा तपाईंको छालालाई सूट हुने साबुन लगाउनुहोस् । होली खेल्ने बेला रंग आँखामा नजाओस् भनी पूरा ध्यान राख्नुहोस् । रंग खेल्ने बेला नङले अत्यधिक मात्रामा रङ सोस्ने गर्दछ । हेर्दा पनि राम्रो हुँदैन त्यसकारण गाढा रङको नेल पोलिस पहिले नै लगाउनुहोस् । यसले तपाईंको नङलाई होलीको रङबाट सुरक्षित गर्दछ ।

होली खेलेपछि छालालाई धेरै नरगढ्नुहोस् । हल्का हातले स्क्रब गर्नुहोस् किनभने धेरै रगढ्दा छालामा जलन हुनसक्छ । होली खेल्ने बेला घामको सम्पर्कमा आउने भएकाले कपाल रुखो हुन्छ त्यसकारण होली खेल्नुभन्दा पहिले कपालमा तेल लगाउनुहोस् । यसले तपाईंको कपाललाई रुखो हुनबाट जोगाउँछ ।

रंगका कारण हाम्रो छाला संवेदनशील हुन्छ । यस्तोमा होलीको दिन अति आवश्यक नभएसम्म दुई पटकभन्दा बढि ननुहाउनुहोस् किनभने यसले छाला रुखो हुन्छ । जसले छालाको पिएच ब्यालेन्समा परिवर्तन हुनसक्छ ।

प्रकाशित मिति: Mar 13, 2017

प्रतिक्रिया दिनुहोस्