Logo
७ बैशाख २०८१, शुक्रबार
(March 13, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मधेसी मोर्चासदेखि प्रचण्ड–बाबुराम म्मलाई ओलीको हमला

रुपन्देही, फागुन २९ । एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्ड, नयाँ शक्तिका संयोजक बाबुराम भट्टराई र मधेसी मोर्चाका नेताहरुप्रति कटाक्ष गरेका छन् । एमालेको मेची–महाकाली अभियान अन्तर्गत भैरहवामा आयोजित आमसभामा बोल्दै उनले अरुले उचालेर आउँदा सप्तरीमा मधेसी मोर्चाका कार्यकर्ताको मृत्यु भएको बताए ।

उनले मधेसी मोर्चा अरुको इशारामा चलेको भन्दै उबाट राजनीतिक सुसंस्कारको आशा गर्न नसकिने टिप्पणी गरे । यस्तै प्रचण्ड सरकारलाई निकम्माको संज्ञा दिँदै उनले भने– नेपाली भूमिमा एसएसबी आएर नागरिक मार्छ तर यो सरकार बोल्न डराउँछ ।’

सरकारले निर्वाचन नचाहेको आरोप लगाउँदै ओलीले निर्वाचन गराउन नसक्ने हो भने प्रचण्डले ठाउँ खाली गरिदिनु पर्ने बताए । उनले प्रचण्ड सरकारलाई विभाजनको मतियार भएको आरोप समेत लगाए । उनले नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईको पार्टीमा बुद्धिभ्रष्टहरु हाबी रहेको बताए ।

उनले देशलाई एमालेमुक्त बनाउँछु भन्नेहरु आफैं सकिएर जाने तर्क गरे । केहि पहिले भट्टराईको नामको ट्वीटरबाट देशलाई एमालेमुक्त बनाउने ट्वीट सार्वजनिक भएको थियो । सो ट्वीट आफ्नो नभएर नक्कली भएको भट्टराईले बताइसकेको भएपनि ओलीले यस्तो टिप्पणी गरेका हुन् । सभामा उपाध्यक्ष बामदेव गौतमसहित स्थानीय नेताहरुले धारणा राखेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले भने

– वर्तमान सरकारलाई देशका जनतासँग कुनै मतलब छैन, अन्तैका प्रभु रिझाउन व्यस्त छ । देशभक्त र विकासप्रेमी सरकार हटाएर बनेको यो सरकारले मुलुकका लागि कुनै काम गरेको छैन ।

– मधेसका नाममा राजनीति गर्न चाहनेहरु त्यहाँका जनतालाई मराउन चाहन्छन् । त्यसरी मारिनेहरु हाम्रै भाइछोराहरु हुन्, तिनलाई बिनाकारण मराइएको छ ।

– भारतीय सीमा सुरक्षा बल नेपाल पसेर नेपालीहरुमाथि गोली हान्दा सरकार चुइक्क बोलेको छैन, थर्कमान छ । नेपालभित्र आएर नेपालीमाथि गोली हानियो । यता आफ्ना प्रहरीमाथि आक्रमण गर्नेहरुमाथि कारवाही गर्दा प्रहरी अधिकारीहरुमाथि नै कारवाही गरियो ।

– काम गर्ने हिम्मत छैन भने सरकारमा किन बस्ने ? यस देशलाई नोक्सान गर्न जडान गरिएको सरकारले देशको हित गर्न सक्दैन । जनताको यो उपस्थितिले देखाउँछ, सरकार हामी चलाउँछौँ ।

– यो सरकार नेपाल र नेपालीको होइन । विधिवत् रुपमा त संसदबाट बनाए जस्तो देखिन्छ । तर, चारतिर फर्केकाहरुलाई एउटै ठाउँमा ल्याएर टाउको जुधाएर मित लगाउने काम अर्कैले गरिदिएको छ ।

– आगामी माघ ७ गतेसम्म तीनै तहको निर्वाचन गर्नुपर्ने छ । तर, सरकारले अनावश्यक रुपमा संविधान संशोधनको प्रस्ताव ल्यायो । त्यसले सबभन्दा पहिला पाँच नम्बर प्रदेशलाई टोक्न खोज्यो, त्यसपछि बाँकीलाई पनि यसरी नै टोक्ने योजना छ । पाँच नम्बरका जनताले त्यसलाई अस्वीकार गरिदिएका छन् । मधेसी मोर्चाका नाममा दुई चार जना सडकमा उफ्रिए र ट्ुयाउँट्याँउ गरे भने सरकारले देख्न तर तपाईंहरुको हजारौँ, लाखौँको जुलुश देख्दैन ।

– पहाडी र मधेसी भनेर झगडा गर्ने, जातजातका नाममा झगडा गराउने काम भइरहेको छ । यस्तो तमासा देखाउन खोजेको छ । हामी त्यो सफल हुन दिँदैनौँ ।

– मोर्चाका नेताहरु एमालेलाई तराई पस्न नदिने भन्छन्, नयाँ शक्ति नामक भ्रष्ट बुद्धिजीवीहरुको संस्थाले पनि एमालेमुक्त नेपाल भनेर ट्वीट गरेछ । कसको दाना खाएर उनीहरु यस्तो गर्दैछन् ? नेपाल देशव्यापी छ, नेपालीव्यापी छ । हामीलाई कुनै ठाउँमा जानबाट कसैले रोक्न सक्दैन ।

– संविधान संशोधनको प्रस्ताव देशहितका विरुद्धमा छ, जनताका विरुद्धमा छ । सर्वोच्च अदालतले पनि असंवैधानिजक छ भनेको छ । तर, सरकार यो नेपाली र नेपालीका कुरा सुन्दैन र अरुकै कुरा सुन्छ । म स्पष्ट पार्न चाहन्छु, एमालेले यो प्रस्ताव कुनै हालतमा पारित हुन दिँदैन । किनभने, यो नेपाललाई कमजोर पार्ने योजनाको पहिलो खुड्किलो हो ।

– उहिले उहिले रानीको जन्म दिनमा केटाकेटी जम्मा पारेर चकलेट बाँडिन्थ्यो । नागरिकता त्यसरी सीमामा अरु देशका मानिस जम्मा गरेर नागरिकता बाँड्न सकिन्न । १३ जना बुहारी नेपालको सांसद हुनुहुन्छ, एक जना बुहारी त मन्त्री हुनुहुन्छ, कांग्रेसको ठूलै नेता हुनुहुन्छ, ज्वाइँहरुको त कुरै नगरौँ । मन्त्री हुन पाँच वर्ष पनि पुग्न नपर्ने प्रस्ताव मानिन्न । नेपाली चेलीले भारतमा विहा गरेमा सात वर्ष कुर्नुपर्छ, यहाँ चाहिँ आएकै दिन नागरिकता पाइन्छ ।

– जनसंख्याका आधारमा प्रतिनिधित्व भएन भनिन्छ । म झापा क्षेत्र नम्बर ७ को प्रतिनिधि हुँ । हुम्लाभन्दा झापा सात गुणा सानो छ । तर, हुम्लाबाट एकजना प्रतिनिधि छानिन्छ, झापाबाट सात जना हुन्छ । यो जनसंख्याकै आधारमा नभएर के हो त ? धनुषा र महोत्तरीमा छ जना प्रतिनिधि कसरी छानिन्छन् त ?

– संविधान विभेद छैन, बरु आरक्षण छ । महिला, जनजाति, मधेसी आदि नाममा आरक्षण छ । अधिकार पाइएन भन्नु वितण्डा खडा गर्नका लागि मात्र हो । के पाइएन, किन पाइएन ? उनीहरुसँग कुनै जवाफ छैन ।

– एमाले बोकेका नीतिहरु मधेसका जनताले थाहा पाए भने आफ्नो सटर बन्द हुन्छन् भनेर मोर्चाका नेताहरु छट्पटिएका छन् । उनीहरुलाई देशको झन्डा र नाम नै मन पर्दैन । विगतको संविधानसभामा तिनीहरुले यो कुरा उठाएका थिए । अहिले जनताले दण्डित गरेका छन्, हराइदिएका छन् ।

– अब सरकारी कार्यालयमा मात्र होइन, नेपाली झन्डा घरघरमा फहराउनुपर्छ । अब राष्ट्रियताको जागरण चाहिएको छ । हाम्रा कार्यालयमा मात्र होइन, जताततै राष्ट्रिय झण्डा हुन्छन् ।

– मनमोहन अधिकारीको पालामा सुरु गरिएको सामाजिक सुरक्षा भत्ता अहिले हामीले मासिक दुई हजार पुर्याउँदा कतिपयलाई खपिनसक्नु भएको छ । दलितका छोराछोरीलाई उच्च शिक्षाका लागि छात्रवृत्तिको व्यवस्था गरेका छौँ । यसबाट उनीहरुलाई छटपटी भएको छ । रातोपाटीमा समाचार छ ।

प्रकाशित मिति: Mar 13, 2017

प्रतिक्रिया दिनुहोस्