Logo
१३ बैशाख २०८१, बिहीबार
(February 23, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रहरी नै ग्राहक बनेपछि नक्कली लाइसेन्स बनाउने दुई पक्राउ

काठमाडौं, १२ फागुन । प्रहरीले यातायात व्यवस्था कार्यालय एकान्तकुनामा नक्कली सवारी चालक अनुमतिपत्र लाइसेन्स बनाउने दुई बिचौलियालाई नगदसहित पक्राउ गरेको खबर आजको कान्तिपुरमा छ ।

महानगरीय प्रहरी परिसरबाट सादा पोसाकमा ग्राहक बनेर गएका प्रहरीले सिन्धुली घर भई इमाडोल बस्ने रामबहादुर स्याङ्तान र गोकर्णेश्वर बस्ने धडन बललाई पक्राउ गरेका हुन् ।

उनीहरुको साथमा ८३ हजार ५० रुपैयाँ समेत बरामद भएको छ ।

जावलाखेलका प्रहरी प्रवक्ता इश्वर कार्कीले बिचौलियाले विदेशबाट प्राप्त भएका र्लासेन्ससमेत नेपालीकरण गर्ने भनी किर्ते कागजात देखाएर ठगी गर्ने गरेको बताए ।

प्रकाशित मिति: Feb 23, 2017

प्रतिक्रिया दिनुहोस्