Logo
६ बैशाख २०८१, बिहीबार
(February 16, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपालका नेताहरुको भारत भ्रमणको ‘सिजन’ शुरु 

काठमाडौं, फागुन ४ । नेपालका नेताहरुका लागि भारत भ्रमणको सिजन शुरु भएको छ । जब–जब नेपालमा राजनीतिक उल्झन बढ्छ, अनि नेताहरुको पनि दिल्ली दौड शुरु हुन्छ । नेपालका नेताहरु मात्र होइन, भारतका नेता तथा विभिन्न एजेन्सीका व्यक्ति पनि नेपाल आउने गरेका छन् । त्यो पनि विभिन्न बहानामा । कोही राजनीतिक भेटघाटका लागि सिधै जाने/आउने गरेका छन् भने कोही विभिन्न कार्यक्रमका बहानामा जाने/आउने गरेका छन् ।

कुनै राजनीतिक दलका नेता तथा व्यक्तिलाई ‘डाइरेक्ट’ बोलाउँदा विभिन्न टिका–टिप्पणी हुने डरले भारतले त्यहाँका विभिन्न संघ–संस्थालाई कार्यक्रम आयोजना गर्न लगाएर नेपाली नेतालाई सहभागी गराउने गरेको छ । त्यहीँ क्रममा आ–आफ्नो मिसन अनुसार कुराकानी हुने गरेका हुन्छन् । त्यसै प्रयोजनका लागि दुवै देशमा यस्ता विभिन्न संस्थाहरु खुलेका छन् । कार्यक्रममा मात्र होइन, उपचारको नाममा पनि नेताहरु भारत गएर त्यहाँ विभिन्न नेता तथा सम्बन्धित पक्षलाई भेटेको थुप्र्र्रै उदाहरणहरु छन् । अन्य देशमा पनि यस्तो प्रचलन छ ।

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा यसअघि कात्तिक १९ गते ‘इण्डिया फाउण्डेशन’ले गरेको कार्यक्रममा भाग लिने बहानामा भारतका गोवा गएका थिए । त्यहाँ उनले तिब्बतका नेतालाई भेटेको भन्दै विवादमा तानिएका थिए । त्यसबेला उनी तिब्बतका नेतालाई मात्र होइन, भारतका विभिन्न उच्च तहका नेतालाई पनि भेटेका थिए ।

देउवा त्यो कार्यक्रममा मात्र होइन, यस्ता थुप्रै कार्यक्रममा भाग लिन पटक–पटक भारत गएका छन् । उनी भारत गएको बेला नेपालमा केही न केही परिवर्तन वा राजनीतिक उथल पुथल हुने गरेका छ । एउटा कार्यक्रममा गएको बेला त्यहाँ माओवादी केन्द्रका नेता कृष्णबहादुर महारासहित भारतीय नेताहसँगको छलफलपछि नेपालमा केपी ओली नेतृत्वका सरकार परिवर्तन भएको थियो ।

नेपाली काँग्रेसका नेता मिनेन्द्र रिजाल, कृष्णबहादुर महारादेखि शेखर कोइरालासम्म तथा मधेशी दलका नेताहरु यस्ता कार्यक्रमहरुमा गइरहेका हुन्छन् । ‘यसरी नेताहरु जानुको विशेष कारण हुन्छ, कार्यक्रम त एक बाहनामा मात्र हो’ भारतीय राजनीतिमा चासो राख्ने एक जानकारले बताए । अहिले सरकार परिवर्तन, चुनावको मिति घोषणा, सविधान संशोधन लगायतका विषयमा दलहरुको बीचमा तीब्र ध्रुवीकरण बढीरहेको बेला नेताहरुको दिल्ली दौड शुरु भएको छ । अहिले त्यहीँ सिजन शुरु भएको छ ।

चैत्र १ गतेदेखि भारतको दिल्लीमा हुने एक कार्यक्रममा भाग लिनका लागि नयाँ शक्ति नेपालका अध्यक्ष डा.बाबुराम भट्टराई र उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि जाने भएका छन् । भारतीय जनता पार्टीका महासचिव राम माधव अध्यक्ष रहेको इण्डिया फाउण्डेशनले आतंकवादको विषयमा गर्न लागेको कार्यक्रममा भाग लिनका लागि उनीहरु त्यहाँ जान लागेको स्रोतले जनाएको छ ।

कार्यक्रममा प्रधानमन्त्री नरेन्द्र मोदीका विशेष सल्लाहकार अजित डोबललगायतका विशेष व्यक्तिहरु सो कार्यक्रममा सहभागि रहनेछ । कार्यक्रमपछि त्यहाँ उच्चस्तरीय भेटघाट पनि रहेको छ । उनीहरुको यो भ्रमणले देशमा के परिर्वतन आउने हो त्यो समयले बताउँनेछ ।माओवादी केन्द्र वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ कात्तिक २८ गते अखिल भारत नेपाली एकता समाजले आयोजना गरको कार्यक्रममा भाग लिन भारतको दिल्ली पुगे । दुई दिनका कार्यक्रममा उनी चार दिन समय लगाए ।

चार दिनमा उनले भारतका विभिन्न दलका उच्च तहका नता तथा व्यक्तिलाई भेटे । त्यसमा सिताराम यचुरीदेखि करण सिहलगायतसम्मका नेता थिए । भाजपाका महासचिव राम माधव, काँग्रेसका नेता मणी शंकर, आनन्द शर्मा, भाजपाका नेता जगदम्बा पाल, अजित सिह, पत्रकार आनन्द स्वरुप वर्मा, नेपालका लागि पूर्व भारतीय राजदूत केवी राजन, जेएनयुका प्रोफेशर प्रमोद जयसवाललगायतलाई भेटेका छन् ।

उनको यो भेटघाटले नेपालको राजनीतिमा कस्तो रंग देखाउनेछ त्यो आउने दिनले बताउनेछ । काठमाडौंमा आफ्नै निवासमा प्रचण्ड र केपी ओलीबीच संवाद गराएर श्रेष्ठ दिल्ली उडेका थिए । त्यस्तै मधेशी मोर्चामा आवद्ध दल मधेशी जनअधिकार फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादव पनि दिल्ली गएर फर्किसकेका छन् । उनले व्यक्तिगत कामका लागि दिल्ली गए भनेपनि कामको बारेमा खुलाएका छैन । यद्यपी उनले पनि दिल्लीमा विभिन्न दलका नेताहरुसँग भेटेर माघको तस्रो हप्ता फर्केका हुन् ।

मोर्चाका अर्का घटक तराई मधेश सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादव पनि फागुन १ गते दिल्ली पुगेका छन् । उनको पनि दिल्ली जानुको उद्देश्य उपचार हो । उनका पार्टी स्रोतले भन्छन् अध्यक्ष यादव उपचारका लागि दिल्ली गएका हुन् । दिल्लीमा उनले पनि विभिन्न नेताहरुलाई भेट्ने कार्यक्रम रहेकोे छ । रातोपाटीमा समाचार छ ।

प्रकाशित मिति: Feb 16, 2017

प्रतिक्रिया दिनुहोस्