Logo
१५ बैशाख २०८१, शनिबार
(February 6, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पूर्वमन्त्री विरुद्ध ‘नाता कायम गरीपाउँ’ भन्दै एमाले मुख्यालयमा उजुरी

काठमाडौं, माघ २४ । नेकपा एमालेका पोलिटब्यूरो सदस्य तथा पूर्वसूचना तथा संचारमन्त्री शेरधन राईमाथि युवा संघकी एक केन्द्रीय सदस्यले गम्भीर आरोप लगाएकी छिन् । उनले राईले आफूमाथि जबरजस्ती गरेको दाबी सहित ‘नाता कायम गरीपाउँ भनी पार्टी कार्यलय धुम्बाराहीमा निवदेन दिएकी छन् ।  रातोपाटीमा समाचार छ ।

ती युवतीले राईले पार्टी अध्यक्ष केपी ओली प्रधानमन्त्री हुनुअघि कोठामै आएर आफूमाथि जर्वजस्ती गरेको निवेदनमा दाबी गरेकी छिन् । तर राईले भने पार्टीभित्रकै केहि गिरोहले आफ्नो व्यक्तिगत जीवन र राजनीतिक प्रतिष्ठा नै सिध्याउन प्रोपोगाण्डा रहेको बताएका छन् । राईले भने, ‘ एक वर्षदेखि पार्टीभित्र मेराविरुद्ध एउटा गिरोह सक्रिय छ । त्यो गिरोहले नै ति महिलालाई पूरै सेड्यूअल बनाइदिएर मेरो राजनीति र व्यक्तिगत जीवन सिध्याउन लागेका छन् । मैले यो सबै विषयमा पार्टी अध्यक्ष र प्रहरीमा समेत जानकारी गराएका छु ।’

घटनाको समयमा युवा संघका इन्र्चाज रहेकी ति युवतीले भने त्यतिबेला राईले आफूमाथि जबरजस्ती गरेपछि गल्ती भएको र बाहिर हल्ला नगरिदिन अनुरोध गर्दै बिहेसमेत गर्ने बचन दिएको तर अहिले आएर धोकासँगै बद्नाम समेत हुन पुगेकाले पार्टी कार्यालयमा उजुरी दिनुपरेको दाबी गरेकी छिन् । युवतीले राईका कारण आफ्नो प्रधानमन्त्री कार्यलयबाट जागिर गएको आरोप समेत लगाएकी छन् ।

उनी केपी ओली प्रधानमन्त्री हुँदा बालवाटारमा जागिर लागेकी थिइन् । असोजमा राईका विरुद्ध उजुरी दिन पार्टी कार्यालय धुम्बाराही पुग्दा उनी त्यहि भेटिएको र ‘मान्न घर जाँदै छुृ । अहिले तिमीले दशै खर्च गर्नु भनेर रु १५०० दिएको र मंसिरमा विवाह गर्ने बचन’ समेत दिएको उनले निवेदनमा दाबी गरेकी छिन् । तर मंसिर १६ गते आफू राईको निवास गल्फुटार पुग्दा नचिनको भनेकाले ठगिएको महसुस भएको बताएकी छन् ।

उनले आफूलाई जसरी पनि न्याय चाहिएको भन्दै पार्टीले जे फैसला गर्छ त्यसलाई स्वीकार गर्ने रातोपाटीलाई । उनको सो निवेदन अहिले अनुशासन आयोगमा विचाराधीन अवस्थामा छ । निवेदनमा २०७३। ५ ।२६ को मिति उल्लेख भएपनि अनुशासन आयोगमा भने निवेदन मंसिरमा दर्ता भएको आयोग उच्च स्रोतले बतायो ।

यस विषयमा पूर्वमन्त्री भन्छन्–
एक वर्षदेखि पार्टीभित्र मेराविरुद्ध एउटा गिरोह सक्रिय छ । त्यो गिरोहले नै ति महिलालाई पूरै सेड्यूअल बनाइदिएर मेरो राजनीति र व्यक्तिगत जीवन सिध्याउन लागेका छन् । मैले यो सबै विषयमा पार्टी अध्यक्ष र प्रहरीमा समेत जानकारी गराएका छु । उनीहरुले गरेको झूटको प्रमाण अध्यक्ष र प्रहरलिाई पनि बुझाएको छु । प्रहरी इभेष्टिगेसन गरिरहेको छ । यथार्थ छिट्टै बाहिर आउने नै छ । ति महिलाले आठ ओटा सिमकार्ड प्रयोग गरेको भेटिएको छ ।

उजुरीको एक अंश:

प्रकाशित मिति: Feb 6, 2017

प्रतिक्रिया दिनुहोस्