Logo
१६ चैत्र २०८०, शुक्रबार
(February 2, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

काठमाडौंका निश्चित क्षेत्र २४ घण्टा खुला गर्न प्रहरी तयार

काठमाडौं, २० माघ  । काठमाडौं प्रहरी प्रमुख वरिष्ठ उपरिक्षक छबिलाल जोशीले सरकारले आवश्यक पूर्वाधार बनाएर निर्देशन दिए काठमाडौंका निश्चित क्षेत्र २४ घण्टा खुला गर्न प्रहरी तयार रहेको बताएका छन् । ‘काठमाडौंमा आउने विदेशी पर्यटकका लागि स्वच्छ मनोरञ्जन र अन्य सुविधा २४ घण्टा उपलब्ध गराउन सुरक्षित वातावरण प्रहरीले दिनेछ, हामी तयार छौ,’ एसएसपी जोशीले भने काठमाडौं प्रहरी प्रमुख हुनु अघि खासै चर्चामा नरहेका जोशी सरुवाको विषयसँगै चर्चामा छन्।

विदेशी पर्यटकका लागि ठमेल र दरबारमार्ग क्षेत्रको रात्रिकालिन सहित अन्य ब्यवसायलाई आवश्यक सुरक्षा दिन प्रहरी सक्षम रहेको जोशीले बताएका हुन्। उनले आवश्यक परे अन्य सुरक्षा निकायसँगको सहकार्यमा राजधानीको प्रमुख पर्यटकीय क्षेत्र २४ घण्टा खुला राख्ने सरकारी योजनामा सुरक्षा कमजोरी नहुने बताए।

एसएसपी सरुवाको बिषय उनकै कारणले रोकिएको चर्चा सार्वजनिक भएपछि सबैको चासोमा रहेका जोशीले प्रहरी अधिकारीले आफ्ना अजेण्डा र विचार नभई प्रहरीलाई सरकारले दिएको जिम्मेबारी र दायित्व इमान्दारीसाथ पूरा गर्न आफू कटिवद्ध रहने बताए। उनले प्रहरी संगठन नै गृह मन्त्रालय मातहतमा रहेकाले कुनै प्रहरी अधिकारीले आफूलाई गृहमन्त्रीको मान्छे भन्नुु पूर्वाग्रही सोच भएको उल्लेख गरे।

काठमाडौंको गुण्डागर्दी र त्यसको प्रभाव, आर्थिक अपराध र सामाजिक अपराधमा आफ्नो कार्यशैली सुन्य सहनहिलता अन्र्तगत हुने जोशीले दाबी गरे। उनले अपराधीलाई नभई आपराधीक मनोवृत्ती र कारण बिरुद्धको कारवाहीले निरन्तरता पाउने बताए। ‘हिजो के थियो, के भयो भन्ने बिषय गौण हो, नागरिकको जिउधनको सुरक्षा र शान्तिपूर्ण वातावरण कायम राख्ने जिम्मेबारी हो, त्यो पुरा हुन्छ,’ एसएसपी जोशीले भने । नागरिक अनलाइनमा समाचार छ ।

प्रकाशित मिति: Feb 2, 2017

प्रतिक्रिया दिनुहोस्