Logo
१३ बैशाख २०८१, बिहीबार
(January 5, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

शिक्षा आरक्षणमा ४५%बाट २०%मा झारेको भन्दै ध्यानाकर्षण

काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्तर्गतका प्रत्येक संकाय र आँगिक क्याम्पसहरुमा त्रिविका पदाधिकारीहरुले प्रचलित मूल्यमान्यता विपरीत र नेपालको संविधानको पनि मर्म विपरीत शिक्षामा ४५% आरक्षणलाई २०% मा झारेको को खुलासा भएको छ ।

उक्त खुलासापछि आईओमएम मधेशी स्टुडेन्ट सोसाइटीको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

आइओएम मधेशी स्टुडेन्टका अध्यक्ष डा. विनय पन्जियारले बुधबार एक विज्ञप्ति जारी गरी त्रिविलगायत देशका प्रत्येक शैक्षिक निकायमा ४५% आरक्षणको व्यवस्था लागू नगरिए कडा आन्दोलनमा ओर्लिने चेतावनी दिएका छन् ।

देशको हरेक शिक्षण संस्थानहरुमा मधेशी, आदिवासी, जनजाति, थारू, महिला, मुस्लिम, विपन्न, खसआर्य आन्दोलममा ओर्लिन बाध्य हुने चेतावनी दिएका छन् ।

त्यसबाट उत्पन्न हुने क्षतिप्रति सरोकारवाला पक्षहरु जिम्मेवार हुने उनले जनाएका छन् । मधेशवाणीमा समाचार छ ।

प्रकाशित मिति: Jan 5, 2017

प्रतिक्रिया दिनुहोस्