Logo
१२ बैशाख २०८१, बुधबार
(December 26, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

माधव नेपाल पत्नीसँग परराष्ट्रले घरमै गएर माफी माग्यो

काठमाडौं, ११ पुस । परराष्ट्र मन्त्रालयाले पूर्वप्रधानमनत्री माधवकुमार नेपाल र उनकी पत्नी गायत्री नेपालसँग आफूहरुको कमजोरीको कारण टर्कीमा दुख पाएको भन्दै माफी मागेको छ ।

नेपाल दम्पती अमेरिकाबाट फर्केलगत्तै परराष्ट्रसचिव शंकरदास बैरागी, राहदानी विभागका प्रमुख सुशिल लम्साल, प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याललगायतका अधिकारीहरु नेपाल निवास कोटेश्वर पुगेर माफी मागेका हुन् ।

सचिव बैरागी र विभाग प्रमुख लम्सालले इस्तानबुल अध्यागमनको घटनाले आफूहरुलाइ दुखी बनाएको भन्दै नेपाल दम्पतीसँग माफी मागेका हुन् ।

प्रहरी महानिरीक्षक अर्यालले नेपाल प्रहरीको कुनै दोष नरहेको भन्दै घटनाप्रति दुख व्यक्त गरेका थिए ।

परराष्ट्र मन्त्रालयको हेलचेक्रयाइँ र नेपाल प्रहरीको असावधानीका कारण पूर्वप्रधानमन्त्री माधव पत्नी गायत्री टर्कीको इस्तानबुल स्थित अध्यागमनमा २० घण्टा नियन्त्रणमा परेकी थिइन् ।

६ महिनाअघि म्याद सकिएको पासपोर्टबाहक र परराष्ट्रको राहदानी विभागको गैरजिम्मेवारीका कारण गायत्रीले यस्तो दुख झेल्नु परेको खबर आजको अन्नपूर्ण पोष्टमा छ ।

प्रकाशित मिति: Dec 26, 2016

प्रतिक्रिया दिनुहोस्