Logo
१४ बैशाख २०८१, शुक्रबार
(December 25, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बंशजको अधारमा नागरिकता लिने बंगलादेशी सर्लाहीबाट पक्राउ

सर्लाही, १० पुस । जिल्ला प्रशासन कार्यालय सर्लाहीबाट किर्ते गरी बंशज नागरिकता बनाएका बंगलादेशी नागरिक पक्राउ परेका छन् । सर्लाही, मधुवनगोठ–८ का मो.रकुटुव हुसेनलाई बुवा बनाएर किर्ते गरी बंशजको अधारमा नागरिकता लिने बंगलादेशी नागरिक मो.बेलाल हुसेनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

जिल्ला अदालतबाट म्याद थप गराएर प्रहरीले नागरिकता किर्ते मुद्दामा अनुसन्धान गरिरहेको जनाएको छ। बंगलादेशी नागरिक बेलाल ०६० बैशाख ६ गते जिल्ला प्रशासन कार्यालयबाट नागरिकता बनाएका थिए । सर्लाहीबाटै पासपोर्ट समेत बनाएर अरब गएका बेलाल गत असोज ३० गते अन्तराष्ट्रिय विमानस्थल अध्यागमन विभागबाट पक्राउ परेका थिए । अरबबाट फर्किने क्रममा बिभागले उनलाई पक्राउ गरेको हो ।

बिभागबाट जाली राहदानीमा पक्राउ परेर काठमाडौ जिल्ला अदालतबाट २ महिनाको कैद सजाय काटी नक्कली नेपाली नागरिकता बनाएको आरोपमा आवश्यक कारवाहीकालागि सर्लाही ल्याइएको प्रहरीले जनाएको छ । बंगलादेशी नागरिकलाई किर्ते गरी नागरिकता बनाउन सहयोग गर्नेहरुको खोजी र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय सर्लाहीबाट बंगलादेशी नागरिकले यहाँका कर्मचारीलाई लाखौं रुपैयाँ दिएर समूहमै जन्मको अधारमा बंशज नागरिकता बनाएका थिए। यस अघि पनि सर्लाहीबाट किर्ते नागरिकता बनाउने बंगलादेशी नागरिक र बिचौलिया पटक पटक पक्राउ परेका थिए । नागरिकमा समाचार छ ।

प्रकाशित मिति: Dec 25, 2016

प्रतिक्रिया दिनुहोस्