Logo
१९ बैशाख २०८१, बुधबार
(December 12, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कांग्रेसको प्रस्ताव: पुरानै संरचना अनुसार स्थानीय तहको निर्वाचन 

काठमाडौं, मंसिर २७ । संसदको सबै भन्दा ठूलो दल नेपाली काँग्रेसले पुरानै संरचना अनुसार स्थानीय तहको निर्वाचन गराउनुपर्ने प्रस्ताव अघि सारेको छ । पार्टी सभापति शेरबहादुर देउवाले पुरानै संरचना अनुसार स्थानीय तहको निर्वाचन हुनुपर्ने प्रस्ताव अघि सारेका हुन् ।

नेपाल विद्यार्थी संघले सोमबार काठमाडौमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले २०७४ साल भित्र तीनै तहको निर्वाचन गर्नुपर्ने भएकाले पनि स्थानीय तहको निर्वाचन पुरानै संरचना अनुसार गर्नुपर्ने बाध्यता रहेको तर्क गरे ।

पुरानै संरचना अनुसार स्थानीय तहको निर्वाचन गराउन विपक्ष एमाले सहमत हुने र त्यसमा राष्ट्रिय सहमति जुटने विश्वास पनि व्यक्त गरे । देउवाले प्रमुख प्रतिपक्ष एमाले अध्यक्ष केपी ओलीसँग आईताबार भएको भेट पनि निर्वाचन सम्पन्न गराउने विषयमा केन्द्रित रहेको जानकारी पनि दिए ।

सभापति देउवाले मधेश र पहाडबीच विभाजन ल्याउने गरी देशका विभिन्न भागमा आन्दोलन भइरहेको भन्दै चिन्ता पनि व्यक्त गरे । उनले मधेशको भावना सम्बोधन गर्न संविधान संशोधन प्रस्ताव ल्याउनु परेको दावी पनि दाबी गरे । सभापति देउवाले मुलुकलाई निकास दिन युवा विद्यार्थीहरु लाग्नुपर्ने आवश्यकता समेत सो क्रममा औंल्याए ।

प्रकाशित मिति: Dec 12, 2016

प्रतिक्रिया दिनुहोस्