Logo
१५ बैशाख २०८१, शनिबार
(December 8, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जेबी टुहुरेलाई युएईमा एक कार्यक्रमवीच  सम्मान 

युएई ।  नेपाली जनप्रगतिशिल मञ्च युएईले जनबादी गायक तथा नेकपा माओवादी केन्द्रका साँसद जेबी टुहुरे र उनकी पत्नी सतीदेबी खड्गीलाई दुबईमा एक कार्यक्रमको आयोजना गरी सम्मान गरेको छ । गत डिसेम्बर २ शुक्रबारका दिन दुबईको जबील पार्कमा सम्पन्न उक्त कार्यक्रममा माओबादी केन्द्रमा आस्थाबान कार्यकर्ताहरुको उपस्थित रहेको थियो ।

कार्यक्रममा एनआरएनए, युएईका अध्यक्ष सुदीप कार्की, निबर्तमान सल्लाहकार अध्यक्ष सन्तोष प्रसाई, नेपाल पत्रकार महासंघ, युएईका अध्यक्ष त्रिलोचन कोईराला, केन्द्रिय प्रतिनिधि भुपराज बस्याल, सल्लाहकार निमेश गिरी, सोशल क्लबका अध्यक्ष शालिक सुबेदी, राजन अधिकारी, ईनासका अन्तरास्ट्रिय प्रतिनिधि आशिष पुरुष, ईनास युएईकी अध्यक्ष रेखा घिमिरे, झापाली समाज युएईका अध्यक्ष मोहन शिवाकोटी लगायतका सामाजिक अभियन्ताहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रममा जनबादी गायक तथा माओवादी केन्द्रका साँसद जेबी टुहुरेलाई सम्मान पत्र सहित दोशल्ला ओढाएर सम्मान गरिएको थियो । टुहुरेले पञ्चायत कालिन युगमा निरँकुश् राजतन्त्रको अन्त्यको लागि लडेको लडाईं देखी २०६२(२०६३ को संयुक्त जनआन्दोलनमा जनबादी गीत द्वारा साँस्कृतिक क्रान्ति गरिएको स्मरण गरेका थिए ।

उक्त कार्यक्रममा टुहुरेले आमा दिदी बहिनी हो, गाउँ गाउँ बाट उठ लगायत आधा दर्जन गीतहरु गाएर उपस्थितलाई मनोरन्जन गराएका थिए । नेकपा माओबादी केन्द्रका केन्द्रिय सल्लाहकार समेत रहेका ७३ बर्षिय टुहुरे ब्यक्तिगत भ्रमणको लागि हाल युएईमा रहेका छन । संसदमा बैदेशिक रोजगार तथा श्रम समितीका सदस्य रहेका टुहुरेले केही दिन अघी कार्यबाहक राजदुत नेत्र बहादुर टण्डनसँग भेट गरी युएईमा नेपालीहरुको समग्र स्थितीको बारेमा छलफल गरेका थिए ।

प्रकाशित मिति: Dec 8, 2016

प्रतिक्रिया दिनुहोस्