Logo
१४ बैशाख २०८१, शुक्रबार
(December 1, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भागवत सुनेर आएकी आमाले छोरीलाई यस्तो हालतमा भेट्टाएपछि…

jiwan-newsएजेन्सी । भनिन्छ प्रेम अन्धो हुन्छ । प्रेममा जोखिम पनि हुन्छ । सावधानी नअपनाउँदा ज्यानै लिन्छ । घरपरिवारलाई छाडेर संसार त्याग्नुपर्ने अवस्था समेत आउँछ । यस्तै घटना भएको छ दिल्लीको इन्दौरमा ।

इन्दौरको बाणगंगा थाना क्षेत्र अन्तर्गतको शिवकंठ नगरमा रानू नामकी २१ वर्षीय एक युवतीले प्रेममा धोका पाएपछि आफ्नो घरपरिवार छाडेर संसार त्यागेकी छन् ।

अर्थात उनले मृत्युवरण गरेकी छन् । भागवत सुनेर फर्किएकी आमा छोरीलाई विस्तारामाथि पंखामा झुण्डिएको अवस्थामा देखेर बेहोस भएकी छन् । रानूले आत्महत्या गर्नुको कारण सुसाइट नोटमा लेखेकी थिइन् ।

उनका परिवारले सुसाइट नोट फेला पारेर पढ्दा लेखिएको थियो– ‘मलाई एक युवकले प्रेममा धोका दियो ।  उसले मलाई जिउन लायक राखेन् ।’ प्रहरीले परिवारको वयान र सुसाइड नोटको आधारमा कारवाही प्रक्रिया अगाडि बढाएको छ ।

प्रकाशित मिति: Dec 1, 2016

प्रतिक्रिया दिनुहोस्