Logo
१२ बैशाख २०८१, बुधबार
(October 6, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाली बनमा पाँच करोड ५० लाख टन कार्बन, नेपालको कार्बन बिक्रीको चर्चा

काठमाडौं । नेपालका बनजंगलमा पाँच करोड ५० लाख टन कार्बन सञ्चित छ ।

विश्व बजारमा नेपालको कार्बन बिक्रीको चर्चा चलिरहेका बेला नेपाल सरकारले पहिलोपटक नेपालमा कार्बनको अवस्थाबारे अध्ययन गरेको हो ।

फिनल्याण्ड सरकारको आर्थिक सहयोगमा गरिएको अध्ययनअनुसार नेपालमा औसत १७९.९५ टन कार्वन प्रतिहेक्टर छ । उच्च हिमाली र पहाडी भेगमा सबैभन्दा धेरै कार्बन सञ्चित छ।

बन स्रोत सर्वेक्षण परियोजना राष्ट्रिय कार्यक्रम संयोजक यामप्रसाद पोखरेलका अनुसार कार्बन सञ्चिताको अवस्था थाहा पाएका कारण त्यसलाई अवसरका रुपमा सदुपयोग गर्न सकिने अाजको अन्नपूर्णमा समाचार छ ।

अन्तर्राष्ट्रिय बजारमा समेत अब कार्बन बिक्रीका लागि छलफल प्रक्रिया अघि बढाउने आधार नेपालसँग तयार भएको छ ।

बनको समग्र अवस्था र कार्वन सञ्चितिको आकर्षक तथ्य सार्वजकि गर्दै नेपालको बन क्षेत्रको पहिलो विस्तृत सर्वेक्षण बन स्रोत सर्वेक्षण सकिएको छ ।

प्रकाशित मिति: Oct 6, 2016

प्रतिक्रिया दिनुहोस्