Logo
१३ बैशाख २०८१, बिहीबार
(September 10, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यसरी भयो घटना: डेटिङ गएकी युवतीलाई प्रहरीले गरे सामूहिक बलात्कार

rep

काठमाडौं, २५ भदौ । आफूलाई प्रहरी बताउने दुईजनाले डेटिङमा गएकी युवतीलाई धम्क्याएर सामूहिक बलात्कार गरेका छन् । यौन सम्बन्ध राख्न नदिए थुनिदिने धम्की दिएर रसुवाका लाकु ग्याल्बो घले र रामेछापका अनिल खड्काले युवतीमाथि बलात्कार गरेका हुन् । दुवै जनालाई प्रहरीले पक्राउ गरेको छ ।

घटना गत १२ साउनमा बलाजुमाथिको मड्खु भ्यूटावरनजिकै भएको थियो । कपन बस्ने एक १८ वर्षीया युवतीलाई उनीहरुले भ्यूटावरनजिकै मकैबारीमा सामूहिक बलात्कार गरेका हुन् । घले र खड्कालाई भक्तपुर प्रहरीले नगरकोटबाट पक्राउ गरेको हो ।

यसरी भयो घटना
त्यसअघि युवती आफ्ना प्रेमीसँग पशुपति मन्दिर घुम्न गएकी थिइन् । त्यहाँ प्रेमीसँग फोटो खिच्ने क्रममा घले र खड्काले आफूहरुलाई प्रहरी भएको बताएर सार्वजनिक स्थानमा अमर्यादित गतिविधि गरेको भन्दै नियन्त्रणमा लिए ।

युवकलाई खड्काले तथा युवतीलाई घलेले नियन्त्रणमा लिएका थिए । घलेले युवीलाई हिँडाउँदै पशुपति मन्दिरबाट चाबहिलसम्म पुर्याएपछि बालाजुस्थित प्रहरी कार्यालय लैजाने भन्दै बस चढाएर त्यसतर्फ लगेका थिए ।

भ्यूटावरनजिक पुर्याएपछि यौनसम्पर्क गर्न दिए छाडिदिने र नदिए जेलमा थुनिदिने भन्दै धम्क्याएर मकैबारीमा सामूहिक बलात्कार गरेका थिए । आजको नयाँ पत्रिका दैनिकमा खबर छ । (#फाइल फोटो)

प्रकाशित मिति: Sep 10, 2016

प्रतिक्रिया दिनुहोस्