Logo
१४ बैशाख २०८१, शुक्रबार
(September 9, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गायक हिमाल सागरको “मेट्रो ट्रेन” गीतको विमोचन सम्पन्न

koiदक्षिण कोरिया । दक्षिण कोरियाको थेगु शहरमा गएको आइतवार चर्चित गायक हिमाल सागरको नयाँ गित “मेट्रो ट्रेन” गीतको विमोचन समारोह सम्पन्न भएको छ । साथै उक्त गीतको म्युजिक भिडियो पनि सर्वजनिक भएको छ ।

उक्त कार्यक्रममा प्रमुख अथिति डा. रोशन शर्मा पौडेल हुनुहुन्थ्यो । दक्षिण कोरियाको विभिन्न रमणिय शहरहरुमा छायांकन गरिएको उक्त म्युजिक भिडियोमा कोरियामा कार्यरता नेपालीहरुले अभिनय गरेका छन ।

थेगुमा अवस्थित एउटा नेपाली रेस्टुरेन्टमा आयोजन भएको मेट्रो ट्रेन म्युजिक भिडियो विमोचन कार्यक्रममा दक्षिण कोरियाम कृयासिल सम्पूर्ण संघ संस्थाका पदाधिकारीको बाक्लो उपस्थिति रहेको थियो । “मेट्रो ट्रेन“ गितका निर्माता तथा गितकार प्रकाश बराल अनि भिडियो निर्देशक तथा छायांकार अमृत विश्वकर्मा गरेका छ्न ।

उक कार्यक्रम सञ्चालक अजित राज खातीले गर्नु भएको थियो । यस म्युजिक भिडियोमा मोडेलहरु निर्मल अधिकारी, लुइसा शेर्पा, चन्द्र लामा, सामाना अधिकारी र साथै अन्य कोरियामा रहेका नेपालीहरुले अभिनय गरेका छ्न ।

उक्त भिडियो विमोचन कार्यक्रममा धेरैले आफ्नो म्युजिक भिडियो समबन्धी राम्रो प्रतिकृया दिएका थिए । कार्यक्रममा बोल्दै गितकार प्रकाश बरालले भने “नेपाली गित संगितलाई माया गरौ, अनि प्रदेशको ठाउमा पिर ब्यथा भुलेर रमाइलो पनि गरौ ।” त्यस्तै निर्देशक अमृत विश्वकर्माले भने” बिदेशी भुमीमा रहेर पनि आफ्नो देशको भाषा अनि कलालाइ जोगाइ राख्न अनि नेपाली कलालाई प्रचार प्रसार गर्नुका साथै कोरियामा नेपालीहरुको बढ्दो डिप्रेशन र आत्महत्यालाई निर्मुल पारी कोरियामा रहेको नेपालीहरुको मनमा थोरै भए पनि सकारात्मक सोच आउने विश्वासले हामीले गित गरेका छौ । सम्पूर्ण नेपाली दाजु भाइ तथा दिदी बहिनीहरुले हेरेर माया गर्दिनु होला ।नेपालमा पनि मैले धेरै गितहरुमा काम गरेको छु सायद धेरै जनाले थाहा पनि पाउनु भयो होला र अब आगामी दिनमा पनि धेरै गितहरु गर्ने योजनामा छु । यो गितको काम सकिनु लगत्तै अर्को म्यूजिक भिडियोको निर्देशनमा लाग्ने छु । आशा छ तपाइहरुको माया पाइरहने छु ।

कार्यक्रममा मोडेल निर्मल अधिकारीले आफ्नो पहिलो म्यूजिक भिडियो आफुले सोचेभन्दा पनि राम्रो बनेको र दर्शकहरुले आफुलाई छिट्टै नै सर्टमुभिमा पनि देख्न पाउनुहुनेछ भन्दै उक्त मुभिको सुटिङ्गमा ब्यस्त रहेको जानकारी दिए। त्यस्तै अर्का मोडल चन्द्र लामाले पनि आफ्नो मन्तव्य राख्दै दर्शकहरुले मन पराउने बिश्वास ब्यक्त गरे । यसैगरी परोपकारी समाज कुजी दक्षिण कोरियाका अध्यक्ष राजु गरुङले मेट्रो ट्रेन गितको भिडियो उत्कृष्ट बनेको र सकारात्मक सन्देश प्रवाह गर्ने खालको भएको हुनाले छिट्टै नै दर्शकहरूको मन जित्ने विश्वास पनि व्यक्त गरे ।

यसैगरी कार्यक्रममा एस टि यू नेपालका अध्यक्ष रोशन हरपलले “मेट्रो ट्रेन” गित अनि भिडियो अहिले सम्म कोरियामा बनेको भिडियो मध्य पहिलो नम्बरमा राख्न मिल्ने धारणा व्यक्त गरे र गितको सफलताको कामना समेत गरे । जनसम्पर्क समिति थेगुका वर्तमान सभापति सुरेश खत्रीले पनि भिडियो राम्रो भएको प्रतिक्रिया दिए । कार्यक्रममा धेरै जनाले आफ्नो मन्तव्य राखेका थिए । कार्यक्रमको समापन भने प्रमुख अथिति तथा कार्यक्रमका सभापति डा. रोशन शर्मा पौडेलले भिडियो धेरै राम्रो बनेको र यो भिडियो हेरेर कोरियामा रहेका युवाहरुको जोश र कला देखेर आफुलाई आश्चर्य लागेको बताउनु भयो ।

प्रकाशित मिति: Sep 8, 2016

प्रतिक्रिया दिनुहोस्