Logo
६ बैशाख २०८१, बिहीबार
(September 8, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एमाले नेता शंकर पोखरेल विरुद्ध हुलाकबाट प्रहरीमा जाहेरी !

765770016

काठमाडौं, २३ भाद्र । एमाले नेता शंकर पोखरेल विरुद्ध हुलाक मार्फत् महानगरिय प्रहरी परिसर काठमाडौंलाई जाहेरी पठाइएको छ । समाजवादी युवा फोरम नेपालका उप–महासचिव दुर्गामणि सुवेदीले बिहिबार हुलाकमा रजिष्ट्रि गराई टेकुस्थित महानगरिय प्रहरी परिसरलाई जाहेरी पठाएका हुन् । प्रहरीले जाहेरी दर्ता गर्न नमानेपछि कानूनी प्रक्रियाका लागि हुलाकबाट पोखरेल विरुद्ध जाहेरी दिइएको हो । विद्युतीय कारोबार ऐनको दफा ४७ को ९१० अनुसार पोखरेलविरुद्ध हुलाकमा जाहेरी रजिष्टर्ड गरिएको छ ।

photo-1

रंगभेदी ट्विट गरेर मधेशी समुदायको अपमान गरेका एमाले नेता शंकर पोखरेल विरुद्ध परेको जाहेरी प्रहरीले दर्ता गर्न अस्वीकार गरेपछि अदालती प्रक्रियाको बाटो अवलम्बन गर्न हुलाकबाट जाहेरी पठाएको उजूरीकर्ता सुवेदीले बताए । सुवेदीले बुधबार महानगरिय प्रहरी परिसर टेकुमा साइबर क्राइम अन्तर्गत एमाले नेता पोखरेल विरुद्ध दिएको जाहेरी प्रहरीले गर्दा गर्न अस्वीकार गरेको थियो ।

‘हिजो प्रहरीले जाहेरी दर्ता नगरेपछि हामीले हुलाक मार्फत् प्रहरीलाई जाहेरी पठाएका हौं’– एमालेको दबाबले प्रहरीले जाहेरी दर्ता नगरेको आरोप लगाउँदै सुवेदीले भने, ‘हुलाकबाट पठाइएको जाहेरीले अदालत जाने बाटो सहज भएको छ ।’ पोखरेलमाथि कारबाहीका लािग कानूनी प्रक्रियामा आफूहरु अगाडि बढिसकेको सुवेदीले बताए । एमाले नेता शंकर पोखरेल विरुद्ध बुधबार प्रहरीले जाहेरी नलिएपछि न्यायको लागि अदालत जाने तयारी भइरहेको उनले जानकारी दिए । बुधबार प्रहरीले दर्ता गर्न नमानेपछि परमादेशका लागि अदालत जाने उजूरीकर्ता दुर्गामणि सुवेदीले बताएका छन् । ‘न्यायका लागि अदालतको ढोका खुल्ला छ, प्रहरीले सहयोग नगरेपनि रंगभेद विरुद्धको लडाई जारी रहनेछ’– सुवेदीले बताए ।

photo

एमाले नेता पोखरेलले मंगलबार ‘मधेसी जनता अधिकांश काला हुन्छन्, त्यसैले मधेसी मोर्चाले कालो दिवस मनाउँदै छ’, भनेर ट्विट गरेका थिए । चौतर्फी विरोध र प्रतिवाद भएपछि पोखरेलले ट्विट डिलिट गरेका थिए । नेता पोखरेलले रंगभेदी चरित्र प्रदर्शन गर्दै सिङ्गो मधेशी समुदायको अपमान गरेकोले कारबाहीका लागि कानूनी प्रक्रिया जानु परेको सुवेदीले बताए ।

प्रकाशित मिति: Sep 8, 2016

प्रतिक्रिया दिनुहोस्