Logo
२६ बैशाख २०८१, बुधबार
(September 6, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

डुबिसकेको भनिएको  यूटीएल अब जीएसएम प्रतिस्पर्धामा

UTL_allowed
काठमाडौं २१ भदौ । युनाइटेड टेलिकम लिमिटेड (यूटीएल) ले जीएमएस मोबाइल सहितको दूरसञ्चार सेवा सञ्चालनका लागि अनुमति पाएको छ । यसअघि नेपाल टेलिकम, एनसेल र स्मार्ट टेलिकमले यो सेवा सञ्चालनका लागि अनुमतित पाइसकेका छन् ।

डेढ दशकअघि लिमिटेड मोबिलिटीको लाइसेन्स पाएको भारतीय लगानीको कम्पनी यूटीएल जीएसएम मोबाइल सेवा सञ्चालनको लाइसेन्स पाउने चौथो कम्पनी भएको आजको कारोबार दैनिकमा समाचार छ ।

नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झाले सोमबार आधारभूत टेलिफोन सेवाको लाइसेन्स दिइएको जानकारी दिँदै यसले मोबाइल सेवामा प्रतिस्पर्धा बढ्ने बताए ।

आधारभूत टेलिफोन सेवाको लाइसेन्स लिने कम्पनीले जीएसएम प्रविधिको मोवाइल, सीडीएमए, एडीएसएल लगायतका सबै प्रकारका सेवा सञ्चालन गर्न पाउने व्यवस्था छ ।

प्रकाशित मिति: Sep 6, 2016

प्रतिक्रिया दिनुहोस्