Logo
७ बैशाख २०८१, शुक्रबार
(September 1, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आयोगमा किन भित्र्याइयो महँगा विदेशी कर्मचारी ?

Dollarकाठमाडौं । मानवअधिकारको संरक्षण र संवर्द्धन गरी पीडितलाई न्याय दिलाउन गठित राष्ट्रिय मानवअधिकार आयोगमा महँगा विदेशी कर्मचारी भित्रिएका छन् ।

अस्वाभाविक तलब सुविधा पाउने गरी दातृ निकायको तजबिजीमा यसरी कर्मचारी प्रवेश भएपछि आयोगभित्रै असन्तुष्टि बढेको छ । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।

मानवअधिकारका नाममा आउने ठूलो धनराशिको हिस्सा तिनै कर्मचारीका नाममा खर्च हुने भएपछि पदाधिकारीबीचमै असन्तुष्टि बढेको छ ।
आयोग स्रोतका अनुसार कर्मचारीको स्तरबृद्धिका लागि भरखरै डेनमार्क र स्विटजरल्याण्डले करिब १० करोड रुपैयाँ सहयोग गरेका छन् ।

पहिलो चरणमा १८ महिना सञ्चालन हुने यो प्रोजेक्टका लागि उक्त रकम सहयोगस्वरुप प्राप्त भएको हो । रकम युएनडीपीमार्फत आयोगमा भित्रिएको छ ।
उक्त प्रोजेक्टमा मासिक तलब २१ सय डलर भुक्तान गर्नेगरी युएनडीपीले कर्मचारीका रुपमा क्रिस बेकरलाई खटाएको छ ।

उनलाई इन्टरनेसनल चिफ टेक्निकल एड्भाइजर भनेर तोकिएको छ । उनीसँगै हजार डलर तलब बुझ्ने उनका दुई जना सहायक छन् ।

प्रकाशित मिति: Sep 1, 2016

प्रतिक्रिया दिनुहोस्