Logo
१४ बैशाख २०८१, शुक्रबार
(August 31, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

उपत्यकामा साढे २१ लाख गाडी चालक कारबाहीमा

accident operationकाठमाडौं । ट्राफिक प्रहरीले उपत्यकाका तीन जिल्लाबाट मात्र चार वर्षको अवधिमा साढे २१ लाख गाडी चालकलाई कारबाहीको दायरामा ल्याएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार आर्थिक वर्ष ०६९/७० देखि आव ०७२/७३ को अवधिमा काठमाडौं भझपसर र ललितपुरबाट २१ लाख ३९ हजार ५ सय ९५ जना चालक कारबाहीमा परेका हुन् ।

मादक पदार्थ सेवन, लेन अनुशासन उल्लंघन, तीब्र गति, जथाभावी पार्किङ, दुर्घटना, गाडी तोडफोड, बढी भाडा असुलीलगायत कसुरमा चालकरु कारबाहीमा परेको महाशाखाले जनाएको छ ।

कारबाहीमा परेका चालकबाट ५९ करोडभन्दा बढी जरिवाना असुल गरिएको छ । बागमती अञ्चलमित्र साना ठूला गरी करिब १० लाख गाडी दर्तामध्ये उपत्यकामा मात्रै ७० देखि ८० प्रतिशत गुड्छन् ।

आजको कारोबार दैनिकमा खबर छ ।

प्रकाशित मिति: Aug 31, 2016

प्रतिक्रिया दिनुहोस्