Logo
१५ बैशाख २०८१, शनिबार
(August 30, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

तमलोपाको कार्यसमिती: जनलज्जाको समेत खयाल गरिएको छैन !

Suresh Mandal

सुरेश मण्डल,

तमलोपाको ७४ सदस्यीय कार्यसमिती महाधिबेसनको २ महिनापछि सार्बजनिक गरिएको छ । नामावली हेरेर किंकर्तब्यबिमुढ र बिस्मित भए । जनलज्जाको समेत खयाल गरिएको छैन ।

यसो बिचार गरे, तमलोपामा यो के भईरहेको छ ? पार्टी समाप्त पार्न नेतृत्व स्वयं नै किन कस्सिएका छन ? संसार नै समानुपातिक समाबेसीको बाटोमा अघि बढिरहेको बेला तमलोपा स्वयंमले अंगिकार गरेको समानुपातिक समाबेसी सिद्धान्तको खिल्ली उडाउन किन तल्लीन छ ? मधेसको धारातलिय यथार्थ र समाजिक संरचना बिरुद्ध किन एउटै जातको पार्टी बनाउन खोजेको हो ? मधेस र मधेसीसंग बिभेद भयो, राज्य समाबेसी चरित्रको भएन, एउटै जात र समुदायको हालिमुहाली भयो यि र यस्तै प्रश्णहरुको उत्तर दिन, तमलोपाको जन्म भएको हो र यही कुरा तमलोपाको अवधारणापत्र, बिधान र घोषणापत्रमा पनि उल्लेख छ ।

तर पनि किन आफ्नै Guiding Principle बिरुद्ध तमलोपा नेतृत्व गइरहेको छ ? कुरा बुझिनसक्नु छ । बर्तमान १३ जना पदधिकारीमा मधेसको पहिलो जनसङ्ख्या ( १८ लाख ) भएको थारु समुदाय एउटा पनि नपर्नु, दोस्रो मुस्लिम (१४ लाख्) एउटा पनि नपर्नु, तेस्रो दलित ( 10 लाख ) एउटा पनि नपर्नु तर मधेसकै सबभन्दा पुच्छार मध्येको एक जाती जसको जनसङ्ख्या १ लाख पनि छैन ( मधेसी ब्राम्हण ) बाट ७ जना (बहुमत) पदाधिकारी न्युक्त गरेर कुन चांही समानुपातिक समाबेसीको मोडेल प्रस्तुत गर्नखोज्नु भएको हो ? ७४ जनाको कार्यसमितिमा २० जना ब्राम्हण कुन बिधान टेकेर भर्ती गर्नुभएको हो ?

तपाईले पढ्नु भएको समानुपातिक समाबेसीको परिभाषा यही हो ? तपाइले मधेसी जनतालाई दिने समाजिक न्याय यही हो ? तपाईले मधेसी जनतालाई देखाएको मधेस मुक्तिको सपना यही हो ? यसरी सफल हुन्छ मधेस मुक्ती आन्दोलन ? तपाईले राज्य समक्ष माग गरेको राज्यको हरेक अंग, तह, र निकायमा मधेसी, आदिवासी जनजाती, दलित, महिला र मुस्लिमको समानुपातिक समाबेसीकरणको एजेण्डा पहिला आफ्नै पार्टीभित्र लागु गर्नुहोस । भनिन्छ, “संसार बदल्नु छ, सुरु आफैंबाट गर्नुछ्” । पहले अपना घर बनाइए फिर देस बनानेको चलिएगा । #फेसबुक वालबाट

प्रकाशित मिति: Aug 30, 2016

प्रतिक्रिया दिनुहोस्