Logo
१४ बैशाख २०८१, शुक्रबार
(September 2, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ख्याल गर्नुहोस है: फेसबुकमा कमेन्ट गर्दा देश निकालामा परिएला !

dipak

काठमाडौं, ६ भदौ । कतार सरकारले गोरखाका ३२ वर्षीय दीपक लामिछानेलाई डिपोर्ट देश निकाला गर्ने तयारी गरेको छ । देश निकालाको लागि कतार सरकारले लामिछानेलाई लागि पक्राउ गरिसकेको छ । उनलाई घरफिर्ती केन्द्र डिपोर्टटेशन सेन्टरमा राखिएको छ । अष्ट्रेलियामा कार्यरत गैरआवासीय नेपाली संघको पूर्व अन्तर्राष्ट्रिय सदस्य दीपा राईले लामिछाने विरुद्ध दिएको उजुरी उपर छानबिन गरी कतार सरकारले आफ्नो देशमा रोजगार गर्न नपाउने गरी लामिछानेलाई डिपोर्ट गर्न लागेको हो ।

राई विदेशमा कार्यरत नेपालीको हितको लागि काम गर्ने एनआरएनको बैदेशिक रोजगार तथा आप्रवासन कल्याण समितिमा अष्ट्रेलियाबाट प्रतिनिधित्व गर्छन् । लामिछानेलाई गत मंगलबारमा पक्राउ गरि घर फिर्ती केन्द्र डिपोर्टटेशन सेन्टरमा राखिएको छ । त्यसअघि पनि उनलाई कतारको खोज तथा अनुसन्धान केन्द्र एसएफडीले पक्राउ गरिसकेको थियो ।

उनलाई एक जना नेपाली कामदारले आफू जमानतमा बसेर आफ्नो राहदानी केन्द्रमा बुझाएपछि सेन्टरबाट बाहिर निकालेका थिए ।  अष्ट्रेलियाको स्थायी बसोबासको अनुमति पाएकी राईले ‘लामिछानेले आफ्नो फेसबुक स्ट्याटसमाथि गालीगलौज गरेर कमेन्ट पोष्ट गरेको र कतारमा बसेर राजनीति गरेको’ भन्दै उजुरी गरेकी थिइन् ।

गत जुनको अन्तिम सातामा अष्ट्रेलिया भ्रमणमा जान लागेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल विरुद्ध राईले आफ्नो फेसबुकमा स्टाट्स पोष्ट गरेकी थिइन् । त्यसउपर लामिछानेले प्रचण्डको बचाउ गर्दै राईको आलोचना गरेका थिए ।  ११ वर्षदेखि कतारको एक कम्पनीमा प्रशासकीय विभागमा काम गर्दै आएका लामिछानेलाई डिपोर्ट नगर्न नेपाल सरकारले कतारलाई आग्रह गरेको छ । कान्तिपुरमा खबर छ ।

प्रकाशित मिति: Aug 22, 2016

प्रतिक्रिया दिनुहोस्