Logo
७ बैशाख २०८१, शुक्रबार
(August 20, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सरूवाका लागि मन्त्रालय र विभाग धाउँदै कर्मचारी

Ministry-of-General-Administration
काठमाडौं । निजामती सेवा ऐनअनुसार सामान्य प्रशासन मन्त्रालयको अन्तरमन्त्रालयस्तरीय कर्मचारी सरुवा गर्ने समयावधि सकिएको छ।

निजामती सेवा ऐनले प्रत्येक वर्षको साउनमा सामान्यलाई, भदौमा मन्त्रालय तथा विभागलाई र असोजमा क्षेत्रीयस्तरका कर्मचारीलाई कर्मचारी सरुवाको अधिकार दिएको छ।

निवेदन दिएका कर्मचारीहरू सरुवाका लागि केही दिनदेखि सामान्य प्रशासन मन्त्रालयमा धाइरहेका छन्। नेपाल निजामती कर्मचारी संगठनले सरकारले निर्धारित समयमा कर्मचारी सरुवा गर्न नसकेर गैरजिम्मेवारीपन प्रदर्शन गरेको आरोप लगाएको छ।

संगठनका अध्यक्ष मोहनकुमार घिमिरेले सुशासन ऐनअनुसार प्रशासकहरूले आफ्नो अधिकार प्रयोग गीर कर्मचारी सरुवा गर्न नसक्नु असक्षमता भएको बताए। उनले समयमै कर्मचारी सरुवा गर्न नसकेर नियमावली नै संशोधन गर्ने पद्धतिले कुशासन निम्ताउने दाबी गरे।

माओवादी केन्द्रनिकट राष्ट्रिय कर्मचारी संगठन (निजामती) का अध्यक्ष हरि रावलले मन्त्रालयका प्रशासनिक नेतृत्वलाई नियमित सरुवा गर्ने अधिकार हुादाहुादै निर्धारित समयमा सरुवा गर्न नसक्नु कमजोरी भएको बताए।

’सरुवा गर्न त्यस्तो भ्याकुमको अवस्था थिएन, तर त्यस्तै अवस्था बनाइयो त्यो गलत थियो,’ रावलले भने।

नेपाल निजामती कर्मचारी युनियन (संघ)का पूर्वमहासचिव शरद अधिकारीले साउनमा गर्नुपर्ने नियमित सरुवा हुन नसक्नु गलत भएको बताए। आजको नयाँ पत्रिका दैनिकमा खबर छ।

प्रकाशित मिति: Aug 20, 2016

प्रतिक्रिया दिनुहोस्