Logo
१३ बैशाख २०८१, बिहीबार
(August 8, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रिचार्ज नहुँदा २ दिनमा टेलिकमको करोडौं गुम्यो

ntc-rch

काठमाडौं । नेपाल टेलिकमको रिचार्ज सिष्टममा समस्या आउँदा २ दिनको अवधिमा कम्पनीको करोडौं रुपैयाँ आम्दानी गुमेको छ । शनिबार बिहानदेखि कम्पनीको एनटी रिचार्ज सिष्टममा रिचार्ज हुन नसक्दा करोडौं नोक्सानी बेहोर्नु परेको हो ।

यसबीचको २ दिनको अवधिमा १४ लाख गा्रहकले रिचार्ज गर्न नपाउँदा थुप्रै हैरानी खेप्नुपरेको छ । हाल टेलिकमले ५०, १ सय २ सय, ५ सय र १ हजारका रिचार्ज कार्ड विक्री गर्दै आएको छ ।

दैनिक हुने रिचार्जको औसतमा १ सयको रिचार्जलाई आधार मान्दा पनि २ दिनको अवधिधमा १४ करोड रुपैयाँबराबरको रिचार्ज हुन नपाएको टेलिकमले जनाएको छ ।

टेलिकमका सहप्रवक्ता डिल्लीप्रसाद अधिकारीका अनुसार रिचार्ज कार्डमार्फत दैनिक औसत ७ लाखपटक रिचार्ज हुने गरेको छ । आइतबार ३ देखि रिचार्ज सेवामा देखिएको समस्या समाधान भएको टेलिकमले जानकारी दिएको छ ।

टेलिकमका ग्राहकले प्रतिव्यक्ति प्रतिमहिना औसतमा २ सय ५० रुपैयाँसम्म खर्च गर्ने गरेका छन् । आजको आर्थिक अभियानमा खबर छ ।

प्रकाशित मिति: Aug 8, 2016

प्रतिक्रिया दिनुहोस्