Logo
१२ बैशाख २०८१, बुधबार
(August 7, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

शेरबहादुरको यो बसाई, जून बन्यो महाधिवेशनको उद्घाटनमा चर्चाको बिषय !

Serbahadur Deuwa

काठमाडौँ २३ साउन । त्यसो त नेपाली काग्रेसलाई निकै पुरानो प्रजातान्त्रिक पार्टी मानिन्छ, साथै यसपार्टीलाई अनुशासित पार्टी पनि मानिएको छ तर आज त्यस्तो देखिएन । देशका सबभन्दा ठूला पार्टी, त्यसको सभापतिले कुनै औपचारिक कार्यक्रममा देखाउने अनुशासनहिताले अरु कार्यकर्तामा कस्तो असर पार्ला ।

पक्कै पनि अरुले आफूभन्दा ठूलाले गरेको कार्यको अनुसरण गरेर नै अगाडि बढेका हुन्छन् । आज यहाँ त्यस्तै देखियो । नौ वर्षसम्म आयोजना हुन नसकेको नेपाल विद्यार्थी सङ्घको ११औँ महाधिवेशनको उद्घाटनसत्रमा काँग्रेस पार्टीका सभापति शेरबहादुर देउवाले देखाएको अनुशासनहिताले सबैलाई आश्चयर्चिक तुल्याएको छ ।

उद्घाटन सत्रमा प्रमुख अतिथिको रुपमा रहनु भएका देउवाले मञ्चमै खुट्टा पसारेर बस्नु भएको थियो । (हेर्नुस् तस्वीर) त्यही छेउमा बस्नु भएको रामचन्द्र पौडेल पुरै अनुशासनमा बस्नु भएको थियो । अरु नेताहरुको बसाई राम्रै थियो तर पार्टीका सभापतिले नै यसरी खुट्टा पसारेर बस्न थालेपछि अरुले त्यसबाट के सिक्ने हो भन्दै महाधिवेशनस्थलमा कानेखुशी भइरहेको थियो ।

मुलुकको सबैभन्दा ठूलो र पुरानो प्रजातान्त्रिक पार्टी नेपाली काँग्रेसको भ्रातृ संस्था नेविसङ्घको यो महाधिवेशन साउन २५ गतेसम्म राजधानीको भृकुटीमण्डपमा चल्ने छ । नेपाली काँग्रेस र नेपाली काँग्रेस (प्रजातान्त्रिक) को एकीकरणपछि विसं २०६४ देखि हुन नसकेको नेविसङ्घको यस महाधिवेशनमा विद्यार्थी नेता/कार्यकर्ता उत्साहका साथ सहभागी भए ।

उद्घाट्न समारोहमा वरिष्ठ नेता रामचन्द्र पौडेल, उपप्रधान एवम् गृहमन्त्री विमलेन्द्र निधि, कोषाध्यक्ष सीतादेवी यादव , भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखक, पार्टीका पूर्व महामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला, पार्टीका केन्द्रीय समितिका सदस्य, अन्य नेता तथा सङ्घका पूर्व अध्यक्षहरु, भ्रातृ एवम् शुभेच्छुक संस्थाका प्रतिनिधिहरु शुभकामना दिन सहभागी सहभागी भए ।

महाधिवशेनको उद्घाट्न भइसक्दा पनि केही जिल्लामा प्रतिनिधि छनोट विवाद कायमै छ । विवादित ११ जिल्लामध्ये पनि सुर्खेत, रौतहट र भक्तपुरको विवाद मिलिसकेको छ भने सिराहा, धनुषा, रुपन्देही, पर्सा, कञ्चनपुर, मुस्ताङ, सोलुखुम्बु र कास्कीको महाधिवेशन प्रतिनिधिको विवाद मिलाउने कार्य अन्तिम चरणमा छ । लामो समयको अन्तरालपछि हुन लागेको महाधिवेशनमा विभिन्न गुट÷उपगुटबाट नेताहरूले आ–आफ्नो उम्मेदवारी घोषणा गर्न सुरु गरेका छन् ।

अध्यक्षमा हालसम्म जितजङ्ग बस्नेत, मनोजमणि आचार्य, नैनसिंह महर, क्षितिज भण्डारी, दीपक भट्टराई, विनिता अधिकारी, नीलकण्ठ रिजाल, आनन्दराज त्रिपाठी, कुन्दनराज काफ्ले, शुभराम बस्नेत, पद्मराज पन्त, रत्न कार्की, सरोज थापा, लक्ष्मण आचार्य, रामप्रसाद अधिकारीलगायतले उम्मेदवारी घोषणा गरिसकेका छन । अन्य केही नेताहरू उम्मेदवारी घोषणा गर्ने क्रममा छन् ।

प्रकाशित मिति: Aug 7, 2016

प्रतिक्रिया दिनुहोस्